• १२ मंसिर २०८१, बुधबार

भारोत्तोलन टोली दक्षिण कोरिया जाने

blog

एसियाली भारोत्तोलनमा सहभागी हुने भारोत्तोलन टोली बिदाइपछि । तस्बिर : राखेप

काठमाडौं, वैशाख २४ गते । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दैछ ।

मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागर भाण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । पेरिस ओलम्पिकका लागि छात्र वृत्ति प्राप्त सागर १३औँ दक्षिण एसियाली खेलकुदका रजत विजेता हुनुहुन्छ । प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रूपमा समेत रहेको छ ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ हुनुहुन्छ । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने सङ्घले जनाएको छ । टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष एवम् कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।