• १५ असार २०८२, आइतबार

सचिव दुरा सम्मानित

blog

काठमाडौँ, असार १५  गते ।  दुरा सेवा समाजले सङ्घीय संसद् सचिवालयका  सचिव सुरजकुमार दुरालाई सम्मान गरेको छ । अल्पसङ्ख्यक दुरा समुदायबाट सङ्घीय संसद्को सचिव पदमा पुगी सो जातिको नाम राखेकामा समाजले सम्मान गरेको हो । 

दुरा समाजको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा परम्परागत शैलीमा सचिव दुरालाई सम्मान गरिएको हो । केही दिनअघि मात्र उहाँ सचिवमा बढुवा हुनुभएको थियो । 

सो अवसरमा सचिव दुराले आफ्नै समुदायले गरेको सम्मानले आफूलाई भावुक बनाएको र कर्तव्यपथमा निरन्तर लाग्न मार्गदर्शन गरेको बताउनुभयो । रासस