• ७ पुस २०८१, आइतबार

सरकार निष्पक्ष रुपले काम गर्नुपर्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २४ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानवीनमा सरकारको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको छ । आइतबार संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले सो प्रश्न गर्नुभएको हो । 

आफूले र आफ्नो पार्टीले सो प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरालाई किन्चित तलमाथि नगर्ने प्रष्टयाउँदै अध्यक्ष ओलीले सो प्रकरणमा एमालेलाई फसाउने षडयन्त्र गर्न खोजिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यसभित्र कुन–कुन तत्व प्रवेश गरेको छ, सरकारले खोजी गरोस् । दोषीमाथि कारबाही हुनुपर्छ भन्ने कुरामा एमाले तलमाथि गर्दैन ।’ 

मैले त भनेको छु ‘कडाइका साथ छानविन गर्नुस्, कारबाही गर्नुस्’ उहाँले भन्नुभयो । निश्पक्ष छानविनमा एमाले सहयोग गर्न तयार रहेको तर एमालेलाई अनावश्यक आरोप लगाएर घचेट्न खोजिए सह्य नहुने उहाँले चेतावनी दिनुभयो । देशको राजनीति विग्रदैगएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले सरकारको काम जनताको पक्षमा हुन नसकेको आरोप लगाउनुभयो ।