• ११ मंसिर २०८१, मङ्गलबार

टर्कीका राजदूतको गाडीमा गोली प्रहार

blog

खार्तुम, वैशाख २४ गते । सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका छन् ।

आज विद्रोही मिलिसियाले टर्कीका राजदूतको कारमा गोली हानेर उनलाई नियन्त्रण  लिएको बताएको छ भने अर्को पक्षले सशस्त्र सेनाले यस्तो गरेको दाबी गरेको छ ।

यसैबीच आरएसएफले राजधानी खार्तूममा टर्कीका राजदूतको कारमा गोली चलाउने सेना नै भएको दाबी गरेको छ र उक्त कार्यलाई ‘‘कूटनीतिक नियोगको सुरक्षाका लागि सबै अन्तर्राष्ट्रिय मान्यता र सम्झौताहरूको स्पष्ट उल्लङ्घन गर्ने कायरतापूर्ण कदम भनेको छ।  विज्ञप्ति अनुसार आरएसएफले ‘‘राजदूत र उनको प्रतिनिधिमण्डललाई सुरक्षित स्थानमा निकाल्न सफल भएको छ ।’’

अप्रिल १५ मा सेना र आरएसएफबीच खार्तुम र अन्य क्षेत्रमा भएको घातक झडपको विष्फोटपछि सुडानले विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई ठूलो मात्रामा बाहिरिएका छन् । सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म घातक झडपमा कम्तीमा ५५० जनाको मृत्यु भएको छ भने ४,९२६ जना घाइते भएका छन् । रासस/सिन्ह्वा