• ११ मंसिर २०८१, मङ्गलबार

शीर्षस्थानमा सिटी चार अङ्कले अगाडि

blog

गोल गरेपछि सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख २४ गते । साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा चार अङ्कको अग्रता लिएको छ । लिग अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले लिड्स युनाइटेडलाई २-१ गोलले हरायो । 

सिटीको जितमा दुवै गोल इल्केए गुन्डोगानले १९औँ र २९औँ गर्नुभयो । लिड्सका रोड्रिगोले ८५औँ मिनेटमा एक गोल फर्काउनुभयो । जितसँगै सिटीले शीर्षस्थानमा रहेको सिटीले उपाधि दौड बलियो बनाएको छ । सिटीको ३४ खेलबाट ८२ अङ्क छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ७८ अङ्क छ । पराजित लिड्स ३० अङ्कसहित १७औँ स्थानमा छ । 

अन्य खेलमा लिभरपुलले ब्रेन्टफर्डलाई १–०, चेल्सीले बर्नमाउथलाई ३–१, टोट्टनहामले क्रिस्टल प्यालेसलाई १–० र वल्भ्सले एस्टन भिल्लालाई १–० गोलले हराएको छ । एजेन्सी