कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाले काप्डीखोलाको चटन फुटाएपछि पालिका सडक सञ्जालमा जोडिएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ ।
आजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना देख्नुभयो, आफ्नै गाउँटोलमा विद्यालय बनाउने ।
प्रहरीले पूर्वपश्चिम लोक मार्ग क्षेत्रबाट सवारीसहित भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । बर्दिबासस्थित इलाका प्रहरी कार्यालयबाट शुक्रवार खटी गएको रात्रिकालीन गस्तीले २०७ किलो तयारी गाँजासहित प्र २–०२–००१ च ४५७ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।
विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा ९खर्क० छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताउनुभएको छ ।
जिल्लाको खत्याड गाउँपालिकामा पहिलो पटक कर्णाली कोरिडोरमा जोडिएको छ । खत्याड गाउँपालिकाको पहलमा बेली ब्रिज निर्माण भएपछि पहिलो पटक कर्णाली कोरिडोर र सुदूरपश्चिममा जोडिएको हो ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कथनको आरम्भदेखि घटनाहरूको तारतम्य समीपस्थ हुँदै एउटा उद्देश्यगत परिणाममा पुगेको आख्यान नै कथा विधा हो । साहित्यका अनेकौँ विधामध्ये कथा आकर्षक विधा पनि हो
स्थानीयलाई स्वरोजगार बनाउन गन्यापधुरा गाउँपालिकाले सवा दुई करोड रुपियाँ खर्च गरिरहेको छ। कृषि, पशुपालन र उद्योग व्यवसायका क्षेत्रमा गाउँपालिकाले सो रकम खर्च गरिरहेको हो। गाउँपालिकाले अनुदान सहयोग गर्न थालेपछि बन्द भएका साना उद्योगसमेत सञ्चालनमा आउन थालेका छन्। गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा सञ्चालन नहुँदै बन्द भएको खुवा प्रशोधन केन्द्र सञ्चालनमा आएको छ। चालु आर्थिक वर्ष खुवा प्रशोधन केन्द्रलाई साढे सात लाख रुपियाँ बराबर डेरी उपकरणमा सहयोग गरेपछि केन्द्र सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले बताउनुभयो।
हुम्ला जिल्ला अदालतमा वैतनिक वकिलका रूपमा कार्यरत हुनुहुन्छ, राजन चन्द। नेपाल कानुन व्यवसायी परिषद्बाट २०७५ सालमा अधिवक्ताको लाइसेन्स लिएपछि चन्द वकालत पेसामा संलग्न हुनुभयो। वकिलको कालो कोट लगाउने सपना पूरा गरेपछि चन्दलाई थाहा भयो, कालो कोट लगाएर हिँड्न महिलालाई कति चुनौतीपूर्ण छ भन्ने वास्तविकता। उहाँले महिला भएकै कारण विभिन्न विभेद र प्रश्नको सामना गर्नु परिरहेको छ।
हुम्लाका तीन प्रहरी चौकी पहिरोको उच्च जोखिममा छन्। वर्षाको मौसम सुरु हुन थालेपछि डरैडरमा बस्नुपर्ने बाध्यता ती चौकीमा कार्यरत प्रहरीको छ। नाम्खा गाउँपालिका–५ को यारी प्रहरी चौकी, अदानचुली गाउँपालिका–३ को गल्फागाड प्रहरी चौकी र ताँजाकोट गाउँपालिका–२ को मैलाकवाडी प्रहरी चौकी पहिरोको जोखिममा रहेका छन्। यारी प्रहरी चौकी भाडाको घरमा छ। माटोले छापेको घर भएकाले पानी चुहिने समस्या छ। छानाबाट पानी चुहिएपछि प्लास्टिक छापिएको छ।
दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिका बलात्कार कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई १३ वर्षको कैद फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलावा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार दुई सय रुपियाँ तिर्नुपर्ने फैसला भएको छ। अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेका अनुसार २०७७ चैत १९ गते लक्ष्मी प्राथमिक विद्यालय देउरालीको भान्छाकोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो।