• १९ असार २०८१, बुधबार

दुई सय किलो गाँजा बरामद

blog

पूर्वपश्चिम लोकमार्गको बर्दिबास ४ स्थित माईस्थानको जङ्गल क्षेत्रबाट शुक्रवार राती नियन्त्रणमा लिएको गाँजाका पोका उतार्दै बर्दिबास प्रहरी । तस्विरः नेपाल प्रहरी

बर्दिबास, वैशाख २३ गते । प्रहरीले पूर्वपश्चिम लोकमार्ग क्षेत्रबाट सवारीसहित भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । बर्दिबासस्थित इलाका प्रहरी कार्यालयबाट शुक्रबार खटी गएको रात्रिकालीन गस्तीले २०७ किलो तयारी गाँजासहित प्र २–०२–००१ च ४५७ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरीका अनुसार बर्दिबास नपा ४ स्थित पूर्वपश्चिम लोकमार्गको माईस्थान पुगेको गस्ती प्रहरीले राती साढे १० बजेतिर आकस्मिक चेकजाँच गर्न थालेको थियो । गस्ती प्रहरीलाई देखेपछि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त स्कार्पियाका चालक भागेपछि शङ्का लागि प्रहरीले गाडी सर्च गर्दा ५ थान सेतो प्लास्टिकको बोरामा जतनसाथ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो । 

बर्दिबास प्रहरीले बरामद गाँजासहित स्कोरपियो नियन्त्रणमा लिई सघन अनुसन्धान गरी रहेको जिल्ला प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जनाउनुभयो । 

Author

रवीन्द्र उप्रेती