• २१ वैशाख २०८१, शुक्रबार

पुलिस (लघुकथा)

blog

सुदीप आफ्नो सरकारी कामका लागि आफैँ गाडी हाँक्दै थियो । बाटाका विभिन्न मनोरम दृश्यसँग रमाउँदै, रम्दै, कारमा बजेका गीतका टुक्कासँगै गुनगुनाउँदै ऊ आफ्नो गन्तव्यतिर लम्कँदै थियो । बाटोमा तीनचार जनाको टोलीले उसलाई हात हल्लाउँदै लिफ्टका लागि आग्रह गरे ।

सुदीपलाई गाडी रोकौँ कि नरोकौँ दोमनदोमन भैरहेको थियो तर एउटी महिलाले बच्चा च्यापेको देखेर उसले गाडी रोक्यो । त्यसमध्ये एउटाले भन्यो– सर कता जाने हो, हामीलाई पनि सँगै लगी दिनु न । सुदीपले अलि आनाकानी गर्दै हुन्छ भनेर इसारा ग¥यो । उनीहरू गररर गाडीमा चढे ।

एकै छिनपछि तिनीहरूले अलि अगाडि हाम्रो सामान छ लिँदै जाऊँ है, भन्ने कुरा उसलाई राखे । उसले मनमनै के के सोच्दै अनकनाउँदै ’हुन्छ’ भन्यो । त्यहाँ पुगेर उनीहरूको सामान राखेर गाडी आफ्नो गन्तव्यतिर लम्क्यो ।  त्यहाँमध्ये एक जनाले सुदीपलाई सोध्यो तपाईं चाहिँ के गर्नुहुन्छ सर ? ट्राभल एजेन्ट हो र ?

सुदीपले सिधै– हैन म त पुलिस हो भने । उनीहरू भने सुदीपमाथि प्रश्नमाथि प्रश्न बर्साउँदै थिए । हो र ? पोस्टिङ कहाँ हो ? कति भयो आदि इत्यादि । सुदीपले उत्तर दिँदै गए मानक त्यो कुनै कुराकानी नभएर जागिर खाने अन्तर्वार्ता थियो । अर्कोले अल्लि बढेरै खोतल्ने मनसायले फेरि सोध्यो– के पोस्टमा हुनुहुन्छ ? सुदीपले भन्यो– म एसएसपी हो ।  

अर्कोले झटपट भन्यो तपाईंजस्तो ठूलो मान्छेलाई त ड्राइभर र गार्ड दुवै हुन्छन् हैन र ? यसरी एक्लै हिँड्न मिल्छ र ?  उनीहरूले नपत्याएझैँ गरे । साँच्चै हो र तपाईं पुलिस ? बारम्बार सुदीपलाई यही प्रश्न गरेर उनीहरूले हैरान पारे । सुदीप प्रहरीबाहेक अरू नै कोही हुनुपथ्र्यो भन्ने तिनीहरूलाई लागेको थियो ।

ती मानिसहरूको ओर्लने गन्तव्य आयो,  सबै ओर्ले । एक जनाले पैसा दिँदै भन्यो– धन्यवाद दाइ । सुदीपले भने– अहँ, म यो पैसा लिन्नँ, मैले सहयोग पो गरेको । तिनीहरू बिदा भई आफ्नो गन्तव्यतिर लागे ।

सुदीपको मनमा के आयो कुन्नि, कारलाई साइड लगाएर निकै बेर कारको सिसामा नियालेर हेरे । आफैँलाई सोधे– कपाल पुलिसकट छ, मान्छे पनि पुलिसजस्तै छु तर पनि म कसरी पुलिस भइनँ ?


भैँसेपाटी, ललितपुर 

Author

जानु धिताल