कैलालीको मोहना पुल छ लेन सडक किनारमा लगाइएको रेलिङ चोरी हुन थालेको छ ।
कैलालीको घुरहा नदीमा रहेको पुल छेउको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । कैलारी गाउँपालिका–४ र ६ को सिमानामा रहेको उक्त पुलमा दुर्घटनाको जोखिम बढेको हो । केगाउँ र भगतपुर जोड्ने पुलको पूर्वी भागमा जमिन भासिएको छ । भासिएको क्षेत्रमा मर्मत कार्य नभएपछि दुर्घटनाको जोखिम बढेको भनाइ स्थानीयको छ । पुल भएर दैनिक कैयौँ मानिस सवारीसाधनबाट ओहोरदोहोर गर्ने गर्छन् ।
नेपाली साहित्यका जीवनी विधा अत्यन्त कम लेखिने साहित्यिक विधाहरूमध्ये एक हो । त्यसमा पनि लेखकको जीवनका विभिन्न पाटा, घटना, प्रभाव र योगदानलाई तत्कालीन व्यक्ति, लेखकका विचार र सम्बद्ध प्रकाशित सामग्रीसमेतका आधारमा तयार गरिएको जीवनीकृति त अत्यन्त कम छ भन्दा पनि फरक पर्दैन । लेखकले बताएका कुराका आधारमा लेखिएका जीवनीकृति नै नेपाली भाषा–साहित्यमा अधिकाधिक देखिन्छन्
कर्णालीका सात जिल्लामा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ नामक रोग फैलिएको छ। सङ्क्रामक यो रोगका कारण किसानले पालेका दुधालु गाई र भैँसी बिरामी पर्ने गरेका छन्। कतिपय ठाउँमा चौपाया मरेको रिपोर्ट प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएको बताइन्छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकारिता निष्पक्ष, विश्वसनीय र यथार्थपरक हुनुपर्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित मधेश प्रदेश सञ्चार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले बुधबार सर्लाहीमा यहाँका मिटरब्याज साहु र पीडितको अवस्थाबारे प्रारम्भिक जानकारी लिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदी बुधबार सर्लाही आएर मिटरब्याजपीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग छलफल गरी फर्किनुभएको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनाका कारण क्षेत्रगत विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै प्रदेशका विरुद्ध तथ्यहीन आलोचना र टिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।
सरकारले आन्तरिक र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यसहित नेपाल रोजगार सूचना व्यवस्थापन प्रणाली (नेमिस) सफ्टवेयर निर्माण गरी ७५३ वटै स्थानीय पालिकामा नेटवर्क जोड्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैङ्कको आर्थिक सहयोगमा आउँदो आर्थिक वर्षको साउनदेखि नै उक्त नेटवर्कबाट काम गर्ने गरी तयारी भएको जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न बालीका रैथाने तथा वर्णशङ्कर जातका बिउ सूचीकृत गरेको छ । कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माका अनुसार खाद्यान्न, दलहन बाली, फलफूल बाली र तरकारी बालीका विभिन्न आठवटा रैथाने तथा वर्णशङ्कर जातका बिउ मन्त्रालयले सूचीकृत गरेको छ ।
नेपाली क्रिकेटले वैशाख १९ गते ठूलो खुसी दियो एसीसी पुरुष प्रिमियर कपको उपाधि जितेर । दस राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल च्याम्पियन बन्यो । एसीसी प्रिमियर कप जित्ने राष्ट्र एसिया कप खेल्न योग्य हुने भएकाले प्रिमियर कपको ठूलो महŒव थियो । एसिया कपमा विश्वका क्रिकेट महाशक्ति राष्ट्रहरू–भारत, पाकिस्तान, बङ्गलादे
आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको–बूढाबूढीको) भन्ने उखान नेपालमा चर्चित छ । मातृ देवो भवः पितृ देवो भवः अर्थात्, आमा बुबा भगवान्सरह हुन् भनिन्छ । यसर्थ, ज्येष्ठ नागरिक जिउँदो देवता हुन् । यिनलाई राष्ट्रको निधिका रूपमा चिन्नुपर्छ । ज्येष्ठ नागरिकको विश्व जनसङ्ख्या वार्षिक ३.५% ले बढिरहेको र सन् २०५० सम्ममा कुल जनसङ्ख्यामा ज्येष्ठ नागरिकको अंश करिब २१ प्रतिशत हुने अनुमान छ । यसरी, सन् २०५० मा ज्येष्ठ नागरिकको कुल सङ्ख्या १० वर्षमुनिका कुल बालबालिकाभन्दा ब
सङ्क्रमणकालीन न्यायको आवाज सुनेको डेढ दशक नाघिसक्यो । विस्तृत शान्ति सम्झौतापछि जति पनि सरकार बने, तिनले सङ्क्रमणलाीन न्याय टुङ्ग्याउने एजेन्डा नबोकेका कुनै पनि सरकार छैनन् तर टुङ्गिएन, किन ? कारण हो टुङ्ग्याउन नचाहनु । सबै जना टुङ्ग्याउने पनि भन्ने, टुङ्ग्याउन पनि नटुङ्ग्याउने र अरूमाथि दोष थोपरिरहने शृङ्खला लामो समयदेखि चलिरहेछ ।
सुडानमा सत्ता सङ्घर्ष नियन्त्रणबाहिर जाँदै छ । त्यहाँका दुई सुरक्षा निकायबीच भीषण सङ्घर्ष जारी रहँदा जनताको दैनिकी भयावह बनेको छ । विदेशी नागरिक स्वदेश फर्कंदै छन् भने हजारौँ सर्वसाधारण नागरिक सुरक्षाका लागि दक्षिण सुडान, चाद, इजिप्टलगायतका छिमेकी देशतर्फ गएका छन् । गएको अप्रिल १५ देखि सेना प्रमुख अब्देल फताह अल बुर्हानको नेतृत्वमा रहेको सेना र मोहमद हामदान डागालोको नेतृत्वमा रहेको अर्धसैनिक बल (आरएसएफ)बीच सङ्घर्ष सुरु भएको हो ।
विगतमा सामुदायिक विद्यालयमा घटिरहेको विद्यार्थी भर्ना र परीक्षाफलले सामुदायिक विद्यालयमा धेरै नै सुधारको आवश्यकता औँल्याइदियो । यही कुरालाई मनन गर्दै विभिन्न स्थानीय तहहरूले स्थानीय विद्यालयमा सुधारको पहल गरेको देखिन्छ । यो वर्ष दूरदराजका सामुदायिक विद्यालयमा समेत समयअगावै विद्यार्थीको हात–हातमा पुस्तक पुगिसकेका छन् । अचेल शिक्षक ढिला स्कुल पुग्ने र छिटो भाग्ने कुरालाई ध्यानमा राखेर कतिपय सामुदायिक विद्यालयमा हाजिरी गर्ने मेसिन राखिए
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार ग्राउन्ड ह्यान्डलिङ शुल्कको विषयमा मनपरी गरेको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।