• ६ जेठ २०८१, आइतबार

विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

blog

काठमाडौं, वैशाख २० गते । काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ६, पैंयाटारस्थित सनफ्लावर एकेडेमीको पहलमा विशेषज्ञसहितको चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक केशवराज शर्माका अनुसार,  विद्यार्थी, शिक्षक(शिक्षिका, अभिभावक र स्थानीय बासिन्दा गरी झन्डै ६ सय जनाले स्वास्थ्य परीक्षण गरेका छन् । सोही कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

 काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ८ स्थित होराइजन हस्पिटल, लायन्स क्लब अफ काठमाडौँ, लायन्स क्लब अफ तारकेश्वर डाउन टाउन, पैंयाटार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ओम साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।