बालाजुको माछापोखरीमा फागुन १ गते भएको यातायात मजदुर सङ्गठनले गरेको प्रदर्शनमा प्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलमा भएको चोरीमा संलग्न थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफरअन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपियाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नुहुन्छ ।
काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी बिचौलियाको काम गरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति एलपीजी ग्यास सिलिण्डरबाट ग्याँस चुहेर आगो सल्किँदा घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
क्युबाले केन्द्रीय बैङ्कका अध्यक्षलाई पदबाट हटाएको छ । बैङ्कका अध्यक्ष मार्था सबिना विल्सनको स्थानमा जोकिन अलोन्सो भाजक्वेजलाई नियुक्त गरिएको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवम् सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ ।
चार महिना शीर्षस्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ । गत केही समययता बाँकेमा ठूलो परिमाणमा नक्कली नोट भित्रिएको आशङ्का प्रहरीले गरेको छ ।
रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोलले हरायो ।
इङ्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टर फाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डसँग हार खेलेको छ ।
मोरङको लेटाङ नगरपालिका–३ मा ट्याक्टरले किचेर सह–चालकको मृत्यु भएको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भित्री सडक खण्ड हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त ३०९९ नम्बरको ट्याक्टरले किच्दा बुधवार दिउँसो सहचालक मिलन राईको मृत्यु भएको हो ।
जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अचम्म लाग्छ उसको कुरा सुन्दा । मभन्दा सातै वर्ष कान्छी त हो मेरी बहिनी । तर त्यही सात वर्षले उसमा कत्ति साहस र आत्मविश्वास भरिदिएको छ । ऊ आफ्नो जीवनको हरेक निर्णय आफैँ गर्दछे । तर मैले मेरो जीवनको महìवपूर्ण निर्णय पनि गर्न नसकेर दिदी मरेको ४८ दिनमै मभन्दा १७ वर्ष जेठो दुई छोराको बाबु भइसकेका भिनाजुको कान्छी श्रीमती भएर भित्रिनु प¥यो ।