• १० मंसिर २०८१, सोमबार

बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ

blog

काठमाडौं, फागुन ४ गते । काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी बिचौलियाको काम गरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिचौलियाको काम गरी सर्वसाधारणलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा बुधबार दिउँसो तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका–९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो–हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो ।

तीनै जना उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको छ ।