प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताउनुभएको छ ।
कोहलपुर–सुर्खेत एक सय ३२ केभिए विद्युत प्रसारण लाइन विस्तार कार्य सम्पन्न गर्न निर्माण कम्पनीसगँको सम्झौता म्याद थप गरिएको छ ।
काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पेट्रोलियम पदार्थ ढुवानी मजदुरहरूले आइतबारबाट विभिन्न माग राख्दै आन्दोलन सुरु गरेसँगै उपत्यकाका पेट्रोल पम्पमा पेट्रोल अभाव भएका छन् ।
मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात् बकर इद सुनसरीको इदगाहा र मस्जितमा हर्सोल्लासका साथ मनाएका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आपसी मेलमिलाप र एकताका सहकार्यका लागि इद-उल-अजाहा (बकर इद) रहेको उल्लेख गर्नुभएको छ ।
बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।
यहाँका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आज बिहान इलाम नगरपालिका–९ भञ्ज्याङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । नगरपालिका–९ का ३६ वर्षीय सुनिल गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रको मर्मतसँगै ढुङ्गा छाप्ने भएको छ । महानगरले उक्त क्षेत्रसँगै वसन्तपुर डबलीमा इँटा बिछ्याउने भएको छ ।
खाँदबारी नगरपालिका सङ्खुवासभाकै जेठो र अगुवा पालिका हो । २०५३ सालमा स्थापना भएको यो नगरपालिकामा ११ वटा वडा छन् । जिल्लाकै सबैभन्दा होचो समुद्र सतहबाट ५१८ मिटरमा पर्ने अरुण उपत्यका य
अहिले गाउँमा युवा खासै भेटिँदैनन् । कति युवा राम्रो पैसा कमाएर परिवारमा खुसी दिने सपना बुनेर बिदेसिएका छन् । अध्ययनको बहानामा धेरै पैसा कमाउनकै लागि ठुलो लगानी फसाएर बिदेसिएका छन् ।
तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारीले दिनुभयो ।
बेनी नगरपालिका–७, मङ्गलााघाट र ज्यामरुङकोटको हाँडेभिर–२ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि तोकिएको अन्तिम मिति सकिए पनि निर्माण सम्पन्न भएको छैन । कुल ३४ लाख ९८ हजार ६३७ रुपियाँ ३८ पैसा लागत रहेको उक्त पुलको निर्माणको काम २०८१ साल जेठ मसान्तभित्र सकिनुपर्ने थियो । बेनी नगरपालिकाको २ र ७ का ८६८ घरधुरीका चार हजार ३४० जनसङ्ख्याले प्रयोग गर्ने उक्त पुल निर्माण सम्पन्न हुन नसक्दा यो वर्षामा पनि जनतालाई समस्या हुने देखिन्छ । मङ्गलाघाटका स्थानीय बासिन्दा सुवास श्रेष्ठले पुल निर्माणका लागि गैरसरकारी संस्था मिलनले प्राविधिक उपलब्ध गराउनुपर्नेमा समयमै उपलब्ध नगराउँदा ढिला भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाकै पुरानोमध्येको मानिने उक्त पुलको जीर्णोद्धार भएको हो ।
गोरखा नगरपालिका – १० छेपेटारको ठुटे बजारमा रहेको वृद्धाश्रम भवन निर्माण अलपत्र परेको छ । अशक्त, ज्येष्ठ नागरिकहरूको लागि जीवनयापन सहज ढङ्गले ब्याबस्थापन गर्ने उद्देश्यले ५ वर्ष अघि निर्माण सुरु गरिएको उक्त भवन ठेकदारले विभिन्न कारण देखाउँदै रंगरोगन लगायतका केही कामहरू बाँकी राखेकोमा अहिले भने धमाधम काम भइरहेको पूर्वाधार कार्यालय गोरखका सूचना अधिकारी शर्मिला थापाले जानकारी दिनुभयो ।