दोलखामा विभिन्न ट्राफिक कारबाहीबाट करिब १५ लाख राजस्व सङ्कलन भएको छ ।
आँपको राजधानी मानिने सिराको लहानमा आँप बिक्री वितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरू सडकमै किनबेच गर्न बाध्य छन् ।
हेटौँडा-ढल्केवर-इनरुवा नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजनामा अनियमितता भएको आयोजना पीडितहरूले आरोप लगाएका छन् । आर्थिक चलखेलका कारण पीडितले पाउने क्षतिपूर्तिमा पनि भेदभाव हुने गरेको पीडितहरूले आरोप लगाएका हुन् ।
मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबिचको भत्किएको बर्लिनको पर्खाल अवलोकन गर्नुभएको छ ।
सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक/सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो ।
कोशी प्रदेश नामाकरण विरुद्ध सङ्घर्षरत रहेको प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नयाँ चरणको आन्दोलनको तयारी गरेको छ ।
जिल्लाको रामपुर नगरपालिका–४, मा भएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रम्भा गाउँपालिका–१ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा रामपुर नगरपालिका–१० लाई ३–१ सेटले हराउँदै उपाधि जित्न सफल भएको हो ।
पोखराबाट नदीजन्य पदार्थ चोरी आरोपमा दुई वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार पोखराका फरक-फरक स्थानबाट ती टिप्पर नियन्त्रणमा लिइएको हो ।
कैलालीको विभिन्न पर्यटकीय स्थलमा फोटोग्राफी गरिरहेका फोटोग्राफरले राम्रो आम्दानी गर्न सफल भएका छन् । घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको फोटो खिचेर उनीहरुले आम्दानी गरिरहेका हुन् ।
सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ ।
गोरखामा किसानलाई चैते धान थन्क्याउन भ्याइनभ्याई छ । गोरखा जिल्लामा हरेक वर्ष आठ सय २५ हेक्टरभन्दा बढी जमिनमा चैते धान खेती गर्ने गरिएकाले किसानहरू यो समयमा बेँसी फाँटमा चैते धान काट्न र थन्क्याउन व्यस्तता भएका कृषि ज्ञान केन्द्रका गोरखाका प्रमुख मिरा चौधरीले जानकारी दिनुभयो ।
अर्जुन चौपारी गाउँपालिका गाउँ सभाको १५ औँ अधिवेशनमा सोमबार जनयुद्ध र मधेश आन्दोलनलाई सम्झने प्रयास गरिएको छ ।
यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।
ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधा व्यवस्थापनका लागि ज्येष्ठ नागरिक सङ्घ गठन गरिएको छ ।
महिलाले बाजा बजायो भने जुँगा आउँछ’ पहिलो पटक बाँसुरी बजाउने प्रयास गर्दा कमला परियारका बुवाले रोक्दै भन्नुभएको थियो । महिलाले बाजा बजाउन त परै जाओस् छोए पनि पाप लाग्छ भन्ने अन्धविश्वासको कारण कमलाले बाँसुरी बजाउँदा बजाउँदै रोकिनुभयो ।