जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक बिदाको दिन पनि नागरिकहरू लाई सेवा प्रदान गरेको छ । सरकारले मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद (उल अजहा) सोमबार दिएको सार्वजनिक बिदा दिए पनि नागरिकहरूले जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत सरकारी सेवा प्राप्त गरेका छन् ।
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेश गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्ने उद्देश्यले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) को प्रवर्धन र विकासमा जुटेको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–८ घ्याङलीङमा रहेको सशस्त्र प्रहरीको गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । सशस्त्र प्रहरी बलको नं. ३० गुल्म कार्य सम्पादनमा ४४८.९६ अर्थात् ७३.६० प्रतिशत अङ्कसहित गण्डकी प्रदेशमा पहिलो भएको हो भने देशभरका गुल्म मध्ये चौथो भएको हो ।
मेलम्ची खानेपानी विकास समितिले ठुलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ ।
अस्ट्रेलियाको मुख्य व्यापारिक साझेदार चीनसँगको आर्थिक विवाद ‘सही मार्गमा’ फर्किएको भन्दै बेइजिङले सोमबार अस्ट्रेलियासँगको सम्बन्ध सुधारको प्रशंसा गरेको छ ।
मकवानपुरको राक्सिराङमा सोमबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहान ४ः३० बजे चट्याङ लागेर राक्सिराङ गाउँपालिका वडा नं. २ थुम्की बस्ने ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रुपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ ।
काठमाडौंबाट रसुवागढी हुँदै केरुङ नाकाबाट ढुवानी अनुदानको खाद्यन्न हिल्सामा आई पुगेको छ । सो मार्गबाट पैदल ढुवानी भएर यस वर्षको निर्धारित कोटाको खाद्यान्न चिनीयाँ टिप्परमा ढुवानी गर्दै हिल्सा आई पुगेको हो ।
सामुदायिक वनलाई संरक्षण सम्वद्र्धन गर्दै आयमूलक र उत्पादनशील बनाउन डिभिजन वन कार्यालय महोत्तरीले दीगो वन व्यवस्थापनका लागि स्थलगत अभियान सुरु गरेको छ ।
खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालवाहक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीले बताएका छन् ।
विश्व बैङ्कले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैङ्कको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको देशीय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नुहुनेछ ।