दोलखामा ट्राफिक कारबाहीबाट करिब साढे १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत वैशाख र जेठ दुई महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोलखाले गरेको ट्राफिक कारबाहीबाट १४ लाख ७८ हजार पाँच राजस्व रकम सङ्कलन गरेको हो । यो राजस्व सङ्कलन गत महिनाभन्दा दोब्बर बढी हो ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि र व्यवहारमा झल्कने विषय भएको बताउनुभएको छ ।
बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङदेखि ढोरपाटन शिकार आरक्ष जोड्ने वैकल्पिक सडक अन्तर्गत वडा नम्बर ५ दुवाड स्थित गाडीखोलामा पक्की मोटरेबल पुल निर्माण गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।
अमेरिकी पत्रकार इभान गेर्शकोभिचविरूद्ध रूसमा जासुसीको आरोपमा जुन २६ देखि सुनुवाइ सुरु हुने युराल्स शहरस्थित येकातेरिनबर्गको एक अदालतले सोमबार जनाएको छ ।
दुई देशको सिमाना हिल्सामा चीन सरकारद्वारा पक्की पुलको निर्माण कार्य सुरु गरिएको छ । निर्माण सुरु भएको एक वर्षमा सम्पन्न गर्ने गरी चीन सरकारबाट पुलको निर्माण कार्य सुरु भएको हो ।
मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको बैठकले पूर्वतयारी र प्राकृतिक प्रकोप व्यवस्थापन योजना स्वीकृत गर्दै नगर, गाउँ हुँदै वडा तहसम्मका विपत् व्यवस्थापन समिति तथा उपसमितिहरूलाई विपत् प्रतिकार्यको पूर्वतयारीमा रहनुपर्ने निर्णय गरेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गर्नुभएको छ ।
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।
इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा धुमधामका साथ सोमबार मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकामाभित्र पर्ने बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्ड तीन दिनसम्म बन्द हुने भएको छ ।
दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेको तीन वटा ठुला उपकरण डुबानमा परेको छ ।
घर अगाडीको सडक कच्ची भएको कारण वर्षौँदेखि बर्खायाममा हिलो र हिउँदमा धुलाम्मे भएर सास्ती भोगेकी बेनी नगरपालिका ६ डाँडावारीकी शोभा महत केसी सडक कालोपत्रे भएपछि खुसी हुनुहुन्छ ।