नेपाली शान र मान एकातिर बहादुरीसँग जोडिएको छ भने अर्कातिर पूर्वीय ज्ञानसँग जोडिएको छ । पूर्वीय ज्ञानमा गौतम बुद्ध र उनको ज्ञानको सागर छ । साथै महर्षि जनक र उनको शासन गर्ने शैली छ । गीता, वेदपुराण र कैयौँ ऋषिमुनि छन् तर यी दुई वटै पाटाको मर्मबाट वर्तमान विचलित छ । न त बहादुरीको इतिहास लेखाउने साहस छ न त बुद्ध, जनक र ऋषिमुनिको बाटो भेटाउन सकिएको छ । इतिहासका पानामा उनै चढे, जो शक्तिमा थिए । इतिहासको भाषा र मर्म उनकै पढ्यौँ, जो शक्तिका नजिक थिए । अर्थात् खुकुरी बनाउनेको इतिहास कहिल्यै लेखिएन । नङ्ग्रा खियाउने कर्मयोगी र पसिना बगाउनेको इतिहास कहिल्यै प
संवैधानिक व्यवस्था अनुसार बजेट ल्याउने निश्चित दिन निर्धारण गरिएको छ । प्रत्येक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको सङ्घीय बजेट ल्याउने व्यवस्था छ भने प्रत्येक प्रदेशले असार १ गते बजेट ल्याउनै पर्छ । कानुनी व्यवस्था अनुरूप नै गत जेठ १५ गते आएको बजेट सङ्घीय संसद्मा छलफलका क्रममा छ । यसै गरी दुई दिनअघि असार १ गते सातै प्रदेशमा ल्याइएको नयाँ आवको बजेट अब बिस्तारै सम्बन्धित प्रदेश सभामा छलफलका क्रममा जाने छन् । त्यस क्रममा देशका
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद ९इद उल अजहा०’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
चोरीको सामानसहित पाल्पामा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका अर्जुन कोइराला रहेका छन् ।
मानिसको पहिलो पाठशाला घर हो । उसको बोलीचाली, व्यवहार, संस्कार घरबाटै विकास भएको हुन्छ । औपचारिक शिक्षाबिना नै मानिसको जीवन सहज रूपमा चल्न सक्छ । हिजोका मानिस थोरैलाई मात्र औपचारिक शिक्षा लिने अवसर थियो भने अधिकांश मानिस अनौपचारिक शिक्षाबाटै जीवन गुजारा गर्थे । समयक्रमसँगै शिक्षाको महत्व बढ्दै गयो । औपचारिक शिक्षाले जीवन जति सहज बन्न सक्छ, त्योबिना त्यति सहज नहुने हँुदा औपचारिक शिक्षा अनिवार्य बन्न पुग्यो । हाम्रो औपचारिक शिक्षा बढी सिद्धान्तमा आधारित देखिन्छ भने अनौपचारिक शिक्षा बढी व्यावहारिक मानिन्छ; जुन मानिसले सहज रूपमा अनुभूत गर्न सक्छन् ।
सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
चलचित्र जीवनरेखाको छायाङ्कन सेट र कलाकार तयार थिए । चलचित्रका नायक शिव श्रेष्ठ सेटमा जान तयार थिए तर मेकअप भएको थिएन । मेकअप म्यान मुम्बईबाट आइपुगेका थिएनन् । निर्देशकको निर्देशन अनुसार नायक श्रेष्ठको मेकअप वसुन्धरा भुसालले गरिदिनुभयो । ४४ वर्षअघिको यो घटना गोरखापत्रको फोटो प्रदर्शनीमा सुनाउँदै हुनुहुन्थ्यो, वरिष्ठ कलाकार भुसाल । अभिनेतृ भुसाल अभिनीत चलचित्र ‘जीवनरेखा’ को छायाङ्कनका बेलाको तस्बिर गोरखापत्रको तस्बिर प्रदर्शनीमा राखिएको छ । सोही तस्बिर देखेपछि भुसालले अतितको सम्झना गर्नुभयो । उहाँले भन्नुभयो, “तस्बिर प्रदर्शनीले पुराना घटनाका दृश्य कसरी निकाल्दो रहेछ । यस्ता प्रदर्शनीले नयाँ पुस्तालाई विगत र अहिलेको अवस्थाको राम्रो ज्ञान दिन्छ ।”
चालु आर्थिक वर्षभन्दा आधा अर्ब घटाएर गण्डकी सरकारले आगामी आवको बजेट ल्याएको छ । गण्डकी प्रदेशको आगामी वर्षको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार छ । बजेटमा अधिकांश पुरानै कार्यक्रम र आकर्षक राम्रा नारा रहे पनि कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ । चालु आवको ११ महिनामा सरकारले आधा बजेट पनि खर्च गर्न सकेको छैन । जेठ मसान्तसम्म गण्डकी सरकारले बजेटको ४५ प्रतिशत हाराहारी मात्र खर्च गर्न सकेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी सरकारले आवश्यक कदम चालेको नदेखिएको टिप्पणी गर्नुहुन्छ ।
परम्परागत मकै, कोदो, धानलगायतका खेती गरिरहेका उर्लेनी गाउँका स्थानीयको करिब छ वर्षअगाडि सोच बदलियो । अहिले उनीहरूको जीवनस्तर र दैनिकी बदलिएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४, बुइपा उर्लेनी गाउँमा अहिले करिब ६० वटा टनेलमा तरकारी खेती भइरहेको छ । गाउँका २६ घरपरिवारले गरेको यो सामूहिक खेती आम्दानीको स्रोत मात्रै बनेको छैन, अरूका लागि प्रेरणा पनि बनिरहेको छ । सुरुमा विदेशबाट फर्किएका १२ जनाले सामूहिक कृषि खेती गर्ने सल्लाह गरे । त्यसपछि गाउँका अन्य १४ घरपरिवार पनि जोडिएपछि उर्वरा कृषक समूह दर्ता गरेर २६ परिवारले अहिले सामूहिक खेती गरिरहेका छन् ।
नेपाली भूमि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सुरु भएको छ । लिमी जाने न्यालु लेकमा जमेको हिउँ पन्छाएर सडक सुचारु भएसँगै लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको हो । तीन दिनअघि लाप्चा पुगेर भारतीय तीर्थयात्रीलाई मानसरोवर कैलाशको दर्शन गराएर फर्किनुभएका पर्यटन व्यवसायी रिञ्जिन लामाले न्यालुको हिउँ पन्छाएर सडक सुचारु भएसँगै यस वर्षको मानसरोवर कैलाशको दर्शन सुरु भएको बताउनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम बढाउने तयारी भएको जानकारी दिनुभएको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारलाई दिँदै आएको क्षतिपूर्ति रकम सात लाखबाट बढाएर १० लाख पु¥याउने तयारी गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “वैदेशिक रोजागारीमा गएर मृत्यु हुने श्रमिकका परिवारलाई क्षतिपूर्तिबापतको रकम १० लाखसम्म पु¥याउने प्रस्ताव अघि बढाएका छौँ ।” श्रममन्त्री अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनको उपलब्धिबारे जानकारी दिने उद्देश्यले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो चालु आर्थिक वर्षमा तीन लाख ८९ हजार ४९७ मेट्रिक टन रासायनिक मल आयात गरेको छ । त्यसमध्ये तीन लाख ६९ हजार ५१८ मेट्रिक टन मल बिक्रीवितरण गरिसकेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले दुई लाख ३२ हजार ५२१ मेट्रिक टन मल आयात गरेर एक लाख ३१ हजार ४१९ मेट्रिक टन बिक्री गरिसकेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले एक लाख ५६ हजार ९७६ मेट्रिक टन आयात गरेर ९८ हजार १९७ मेट्रिक टन बिक्री गरिसकेको छ । जेठ २८ गतेसम्मको तथ्याङ्क अनुसार कृषि मन्त्रालयसँग युरिया, डिएपी र पोटाससहित हाल ९४ हजार ५१३ मेट्रिक टन मल मौज्दात रहेका छन् ।
घरेलु श्रमलाई मर्यादित बनाउन घरेलु श्रमसम्बन्धी कार्यविधि बनाउन माग गरेका छन् । घरेलु श्रमिक मञ्च र स्वतन्त्रता अभियान नेपालको सहकार्यमा ‘अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस’ को सन्दर्भमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले घरेलु श्रमसम्बन्धी छुट्टै कार्यविधिको माग गर्नुभएको हो । संयुक्त राष्ट्र सङ्घले सन् २०११ जुलाई १६ मा घरेलु श्रमिकसम्बन्धी महासन्धि (आइएलओ १८९) पारित गरेर विश्वभरका घरेलु श्रमिकको हक अधिकारको सवाललाई पनि मान्यता दिएको अवसरमा हरेक वर्ष अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस मनाउँदै आएको हो ।