राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीको हक, हित र वृत्तिविकासका पक्षमा इमान्दारीका साथ काम गरिरहेको रासस व्यवस्थापन सदैव सहयोग र सहकार्यका पक्षमा रहेको बताउनुभएको छ ।
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रूपमा विकास हुन थालेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गर्नुभएको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको छ ।
खेतीयोग्य जमिन साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य जमिनबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दै गएको छ । जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बातेरले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रेस काउन्सिल नेपालले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई संविधानको मूल मर्म र भावनाअनुरूप अगाडि बढाउन सुझाव दिएको छ ।
तनहुँमा आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुटाइएको विकास लक्षित बजेट आधा मात्रै खर्च भएको छ ।
धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने सडक कालोपत्र सुरु भएको छ । सडक कालोपत्र भएपछि बर्खायाममा पनि कृषि उपज बिक्री गर्न सजिलो हुने स्थानीयको भनाइ छ ।
पाँचथरको याङवरक गाउँपालिका १,२ र ३ मा अविरल वर्षासँगै पहिरो जाँदा ६० घर परिवार विस्थापित भएका छन् । बाढीले याङवरक ३ को फलाम खोला र ओयाम खोलाका २ वटा मोटरेबल पुल बगाएको छ भने याङवरक २ रिजाल भीरमा गएको पहिरोका कारणमध्ये पहाडी राजमार्ग अवरुद्ध भएको हो ।
विश्वका कृषि र प्रविधिसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन यहाँ हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले ‘कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभाव’ विषयक सम्मेलन यही असार ४ र ५ गते रामपुरमा गर्न लागेको हो ।
नेकपा (एमाले) हुम्लाको सातवटै गाउँपालिका कमिटीले अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अधिवेशनबाट गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।
सरकारले देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेर सूचना जारी गरेपछि म्याग्दीमा भिड लागेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको आरोप लगाउनुभएको छ ।