कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले विविधतामा एकता नेपालीको मौलिक पहिचान र विशेषता रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अज्हा) को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । “सही बलिदान त्यही हो, जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ,” उहाँको सन्देशमा उल्लेख छ । यस पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्दै सभ्य र समृद्ध समाज निर्माणका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उहाँले लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन पर्वले सहयोग पुग्ने विश्वास गर्नुभएको छ ।
मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार यँहा एक विशेष स्वागत समारोह आयोजना गर्यो । राष्ट्रपति पौडेलको सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र यँहास्थित नेपालीहरूको सहभागिता थियो । सो अवसरमा राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहा रहेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गर्नुभयो । जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आव्हान गर्दछु, राष्ट्रपति पौडेलले भन्नुभयो ।
किङ्सटाउनमा नेपालले बङ्गलादेशविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बङ्गलादेशलाई पहिले ब्याटिङ गर्ने निम्तो दिनुभएको हो ।
भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा ६ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना बेपत्ता भएका छन् भने ११ जना सकुशल रहेको बताइएको छ ।
संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकनका क्रममा । जर्मनीको पोट्सडाममा अवस्थित संस्थाहरूको राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको हो ।
एकल तथा विपन्न महिलाको आयआर्जनमा वृद्धि गर्न सहयोग पुर्याउन जनै बनाउने तालिम प्रदान गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालयको आर्थिक सहयोगमा हेटौँडा ७ स्थित नागस्वतीमा हिन्दु धर्माबलम्बीले प्रयोगमा ल्याउने जनै बनाउने तालिम आयोजना गरिएको हो।
ओलम्पिक डे २०२४ को अवसरमा स्क्वास र्याकेट सङ्घ कास्कीको आयोजनामा भएको अुला स्क्वास प्रतियोगितामा आभन श्रेष्ठ र सृष्टिका उदास विजेता बन्नुभएको छ।
रामधुनी जङ्गल क्षेत्रबाट पछिल्लो समय विभिन्न प्रजातिका रुख बिरुवा लोप भएको पाइएको छ । वन क्षेत्रमा पाइने जडीबुटी, पोथ्रा लगायत ठुला रुखहरू लोप हुँदै गएको पाइएको हो ।
संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्ती सम्बन्धमा छलफलका लागि बैठक बसेको हो।
श्रीलङ्काका अधिकारीहरूले सन् २०२५ सम्ममा मोटर वाहन आयातमा प्रतिबन्धहरू कम गर्न प्रारम्भिक मार्गचित्र तयार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुनसरीको गढी गाउँपालिकाको छिटाहामा आइतबार धान रोप्दै किसान । असार सुरु भएसँगै जिल्लामा छिटपुट रोपाइँ सुरु भएको छ ।
दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरुले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार जानकारी गराएको छ ।
गोरखाको पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ। आइतबार पालुङटार नगरपालिका नगर प्रमुख विवश चिन्तन र अजिकरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाबिच पालुङटारमा उत्पादन भएको दुना टपरी अजिरकोटले खरिद गर्ने सहमति भएर समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीको हक, हित र वृत्तिविकासका पक्षमा इमान्दारीका साथ काम गरिरहेको रासस व्यवस्थापन सदैव सहयोग र सहकार्यका पक्षमा रहेको बताउनुभएको छ ।