पाँचथरको कुम्मायक गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल निर्माणमा खटेका मजदुरको छतबाट खसेर मृत्यु भएको छ।
म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । ‘द मनसुन युवा क्लब’ मा आबद्ध बेनी-५ र ६ का युवाले चुत्रेनीमा वनभोजस्थल सहितको उद्यान बनाएका हुन् ।
गोरखाको गण्डकी गाउँपालिकाले दलित, विपन्न, तथा सीमान्तकृत समुदायलाई कृषिऔजार वितरण गरेको छ ।
मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड कम हुने गरी आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ ।
आम जनता पार्टीको आइटी आर्मीले वैदेशिक रोजगार विभागमा प्रदर्शन गरेको छ।
नेपाल किसान महासङ्घले विभिन्न आठबुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न आग्रह गरिएको छ ।
साहित्यकार एवम् पत्रकार नीलकण्ठ न्यौपानेले लेख्नुभएको ‘ज्योतिर्गमय’ आत्मकथाको लोकार्पण गरिएको छ । पाल्पाको पर्यटकीय एवम् धार्मिक स्थल रम्भादेवीको मन्दिर परिसरमा प्रश्रित प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष एवम् साहित्यकार प्रा.डा. कपिल लामिछाने, प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्य लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
वर्षायाम सुरु भएसँगै गाउँघरमा जङ्गलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ। जङ्गलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउ पाइन्छ।
शनिबार बेलुकादेखि भएको अविरल वर्षाका कारण कल्भर्ट भत्किएपछि झापाको केचना–चारआली सडक खण्ड अवरुद्ध बनेको छ ।
देश सङ्घीयतामा गएसँगै सरकारले पछिल्लो समय ठुला तथा साना आयोजनाहरू निमार्णलाई तीव्रता दिएको छ । यहाँको कालीगण्डकी गाउँपालिका–७ आधिमुहानदेखि गल्याङ नगरपालिका–५ सेतीबेनीसम्मको १० किलोमिटर कालीगण्डकी करीडोर सडक कालोपत्रे निर्माण कार्यलाई तीव्रता दिएको हो ।
प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन सुझाव दिनुभएको छ ।
यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ ।
धेरै जिल्लामा घरेलु हिंसा बढिरहँदा स्याङ्जामा भने कम हुँदै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरीको तथ्यांक हेर्दा गत वर्षभन्दा यो आर्थिक वर्ष घरेलु हिंसा घटनाका दर्ता कम देखिएको हो ।
मकवानपुरको हेटौँडा-१९ दारीमटारमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ।
पछिल्लो समयमा बाँकेलगायतका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अति नै प्रभावित भएको छ। उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण बेहोस भएर मृत्यु भएको हो।