कर्णाली प्रदेश सरकारले मुगुको राराताल लगायत पश्चिम नेपालका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरेर भारतीय पर्यटकलाई आमन्त्रण गर्नका लागि ‘गर्मीसे बेहाल चलो राराताल’ अभियान सञ्चालन गरेको छ ।
जिल्लाको महोत्तरी गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका महिला खुसी भएका छन् । वर्षौँदेखि प्रसूति सेवा लिन महिला छ किमी टाढा रहेको जिल्ला सदरमुकाम जलेश्वर तथा १८ किमी टाढा रहेको जनकपुर जाने गरेकामा स्थानीयस्तरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ । असार १ गते शनिबार नुहाउने क्रममा भूपेन्द्र केसी र विनोद केसी नदीमा बेपत्ता भएका थिए ।
काठैकाठले बनेका घर, ढुङ्गाका पर्खालले घेरिएका आलु बारी, बिचबिचमा स्याउका बोट, आफ्नै खाम भाषा, आफ्नै रीतिरिवाज र परम्परा, भिरालो जमिनमा टक्क मिलेर बसेको बस्ती, यस क्षेत्रमा पुग्ने जो कोहीलाई टाढैबाट आकर्षित गर्ने गन्तव्य हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहेको बताउनुभएको छ ।
असार लागि सक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् ।
बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम पारित भएको छ।
केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
इजरायली सेनाले आइतबार दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक सैन्य गतिविधिको ‘रणनीतिक विराम’ लागू गर्ने घोषणा गरेको छ ।
नेपाल सरकारले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ सङ्घीय संसदमा गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।
जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।
पश्चिम मकवानपुरको मनहरिमा लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार राति मनहरि गाउँपालिका ३ डोढेमा लडेर स्थानीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सँगै मर्ने, सँगै बाँच्ने बाचा कसम खाएर प्रेम बन्धनमा बाँधिएर विधिवत् विवाहको तयारीमा रहेका एक प्रेमीकाले आफ्नै प्रेमीसहित उहाँका आमाबुवालाई खानामा विष मिसाएर खुवाएर मार्न खोजेको आरोपमा पक्राउ परेकी छन् ।
दाङको पर्यटकीयस्थल पुरन्धारा झरना जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । बबई गाउँपालिका –५ को गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको बबई गाउँपालिका पूर्वाधार शाखाका इन्जिनियर राजेश देवकोटाले जानकारी दिनुभयो ।
हिल्सा नाकाबाट चीनको पुराङ काउण्टीको ताक्लाकोटबाट सामान आयातमा चीनले कडाइ गरेको छ ।