महिलाहरुको क्षमता विकासका लागि वाक् कला तालिम दिइएको छ ।
गोरखा नगरपालिका–५ मानेपानीमा रहेको ऐतिहासिक मानेपानी ढुङ्गेधारो गुमनाम अवस्थामा छ ।
जुम्ला जिल्लाको तिला गाउँपालिका ६ बालमैत्री वडा घोषणा गरिएको छ ।
बरपौवा नजिकको सुरौदी खोलामा पुल बनाउन खनिएको खाल्डोबाट आइतबार बिहान साढे ८ बजे ९ वर्षीय गणेश विकको शव निकालिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तनहुँको देवघाट गाउँपालिकामा ‘हामी सुधार्छौँ हाम्रो विद्यालय’ अभियान सुरु भएको छ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।
प्रतिनिधि सभा बैठक
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताउनुभएको छ ।
रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले राससलाई जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज विहानैदेखि घुइँचो लागेको छ ।
पश्चिम झापा र पूर्वी मोरङमा बस्दै आएका अल्पसङ्ख्यक धिमाल समुदायको जातिरी÷जात्रि पर्वको समापनका अवसरमा आज (असार २ गते) कोशी प्रदेशका पाँच पालिकाले सार्वजनिक विदा दिएका छन् ।
विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ ।
आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडे गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को प्रधानकार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष दाहालले आफ्नो जीवनकालमा श्री खड्काले उल्लेखनीय प्रगति गर्नुभएको बताउनुभयो ।