धेरै जिल्लामा घरेलु हिंसा बढिरहँदा स्याङ्जामा भने कम हुँदै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरीको तथ्यांक हेर्दा गत वर्षभन्दा यो आर्थिक वर्ष घरेलु हिंसा घटनाका दर्ता कम देखिएको हो ।
मकवानपुरको हेटौँडा-१९ दारीमटारमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ।
पछिल्लो समयमा बाँकेलगायतका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अति नै प्रभावित भएको छ। उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण बेहोस भएर मृत्यु भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डल’ले चुरे तराई–मधेसका लागि जीवनरेखाको रुपमा रहेको बताउनुभएको छ । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मूल नाराका साथ दसौं चुरे संरक्षण दिवसको अवसरमा मिर्चैैया नगरपालिका –७ लक्ष्मी सामुदायिक वनमा आयोजित वृहत्त वृक्षारोपण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एमाले) सचिव योगेशकुमार भट्टराईले योजना बैङ्कबाट भन्दा पनि सरकारले पकेट बैङ्कबाट योजना छनोट गरेर बजेट ल्याएको बताउनुभएको छ।
कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट चालु आवको भन्दा घटेर आएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
बाँकेका विभिन्न सामुदायिक वनमा वन्यजन्तुका निम्ति पानी पिउने व्यवस्थाका साथ बनाइएका मानवनिर्मित कृत्रिम पोखरीहरू प्रभावकारी बनेका छन् ।
कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।
गत फागुनमा सम्पन्न भएको बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा १२ करोड १५ लाख रुपियाँ सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिले गत फागुन ९ गतेदेखि २३ गतेसम्म सञ्चालित ब्रह्माण्डीय महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पुर्याउन प्रस्ताव गर्नुभएको छ ।
गंगा दशहराको अवसरमा जनकपुरधाम उपमहानगरपालिकास्थित दशरथ तलाउ (पोखरी) मा बिहानैदेखि स्नान गर्ने तिर्थालु भक्तजनहरुको घुँइचो लागेको छ ।
युवा व्यवसायी जगत् पोखरेललाई जर्मनीको विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । जर्मनीको कस्सेलमा रहेको हिस्सेन इन्टरनेश्नल युनिभर्सिटीले उहाँलाई व्यावसायिक र सामाजिक क्षेत्रमा सफल र अनुभवी व्यक्तिको रूपमा मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।