• ७ कात्तिक २०८१, बुधबार

कान्द्रामा डुबेर बालकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, असार २ गते । कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

भजनी नगरपालिका–९ का करन राजीका करिब १४ वर्षीय छोरा दिपेशको डुबेर ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गाउँबाट अन्दाजी तीन किलोमिटर दूरीमा रहेको नदीमा साथीसँग पौडी खेल्नेक्रममा बालक डुबेका थिए । 

उनको घटनास्थलमै ज्यान गएको र साथीहरूले नै शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कवीन्द्र बोहराले जानकारी दिनुभयो ।