• २९ फागुन २०८२, शुक्रबार

स्टेरिङमा च्यापिएर ट्रेलर चालकको मृत्यु

blog

दुर्घटनामा परेको गाडी ।

शिवकुमार रिजाल

मनहरी (मकवानपुर), फागुन २९ गते । पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ अन्तर्गत पर्ने मकवानपुरको हेटौँडा १९ स्थित नेवारपानीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

शुक्रबार बिहान विपरित दिशातर्फ यात्रारत ट्रक र ट्रेलर एकापसमा ठोक्किँदा आफैले चलाएको कन्टेनरको स्टेरिङमा च्यापिएर सर्लाही जिल्ला बरहथवा नगरपालिका १५ पिपराभिट्टाका ३८ बर्षको गोविन्द चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौँडाबाट चितवनतर्फ जाने क्रममा रहेको ना ४ ख ९९२३ नंको ट्रेलर गाडी र चितवनबाट बिरगन्जतर्फ जाँदै गरैको बा.प्र. ०३–००१ ख ०३९८ नंको खाली ट्रक एकापसमा ठोक्किएको थियो । 

दुबै सवारी साधन एकापसमा ठोक्किँदा आफैले चलाएको ट्रेलर गाडीको स्टेरिङमा च्यापिएका चौधरीलाई इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी तथा स्थानीयको समेत सहयोगमा उद्धार गरी हेटौँडा ११ स्थित सिएसी चुरेहिल अस्पताल पठाइएको थियो ।

अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का ट्रक चालक चितवन खैरनी नगरपालिकालिका ९ का धनेश्वर चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।