• १० असार २०८१, सोमबार

लडेर पुरुषको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, असार २ गते । पश्चिम मकवानपुरको मनहरिमा लडेर एक  पुरुषको मृत्यु भएको छ । शनिबार राति मनहरि गाउँपालिका ३ डोढेमा लडेर  स्थानीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

शनिबार राति काम सक्काएर घर जाँदै गरेका स्थानीय अन्दाजी ५६ वर्षीय कर्ण बहादुर ब्लोनको  लडेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मापसे गरेर सडकमा लडेको अवस्थामा उहाँको  शव सडक छेउमा फेला परेको थियो । घटनाको  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।

त्यस्तै मकवानपुरको मनहरि गाउँपालिका-५ ढुनिदासीमा लडेर एक जना घाइते हुनुभएको छ ।  स्थानीय ७ वर्षीय निर्मल प्रजा खेल्ने क्रममा आफ्नै घरको आँगनमा रहेको बकाइनोको रुखबाट लडी घाइते हुनुभएको हो । 

घाइतेको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । उहाँको सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।