• १२ मंसिर २०८१, बुधबार

सहरी विकास मन्त्रालयका सचिव गेलाल सेवानिवृत्त

blog

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह सोही मन्त्रालयका सचिव मणिराम गेलाललाई बिदाइ गर्नुहुँदै । तस्बिर : उपप्रधानमन्त्री सिंहको सचिवालय

 काठमाडौं, मङ्सिर १२ गते । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवा निवृत्त हुनुभएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उहाँलाई बिदाइ गर्नुभएको हो । २००५२ सालमा सेवा प्रवेश गर्नुभएका गेलाल ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुनुभएको छ ।

उपप्रधान एवम् सहरी विकास मन्त्री सिंहले सचिव गेलालसँगको छोटो अवधिको सहकार्य भए पनि स्मरणीय रहेको बताउनुभयो । उहाँले गेलालको व्यावसायिक क्षमताको प्रशंसा गर्दै निवृत्त जीवन राम्रो होस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना बिताएको र सो अवधि आफ्ना लागि स्मरणीय रहेको बताउनुभयो ।