• १२ असार २०८१, बुधबार

आभन र सृष्टिकालाई स्क्वास उपाधि

blog

काठमाडौँ, असार २ गते। ओलम्पिक डे २०२४ को अवसरमा स्क्वास र्‍याकेट सङ्घ कास्कीको आयोजनामा भएको अुला स्क्वास प्रतियोगितामा आभन श्रेष्ठ र सृष्टिका उदास विजेता बन्नुभएको छ।

दुई दिने प्रतियोगितामा पुरुष खुल्लातर्फको फाइनलमा आभनले नवराज श्रेष्ठलाई ३-२ सेटमा हराउनुभयो। यसैगरी खुला महिलातर्फ च्याम्पियन बन्न सृष्टिकाले फाइनलमा समीक्षा ठकुरीलाई ३-२ सेटमै पराजित गर्नुभयो। सो प्रतियोगितामा पुरुषतर्फ ३१ र महिला तर्फ सात जना खेलाडीले सहभागिता जनाएका थिए।

पोखरा महानगरको शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले उद्घाटन गर्नुभएको प्रतियोगिताको फाइनलमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो।

स्क्वास र्‍याकेट सङ्घ कास्कीका अध्यक्ष प्रवीण पालिखेले सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा स्क्वास खेललाई समावेश गरिएको जानकारी गराउँदै प्रतियोगिता सफल बनाउने सबैलाई धन्यवाद दिनुभयो।