नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभयो ।
सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । आज पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिनुभयो
सर्पदंशका बिरामीको उपचारमा सहयोग पुर्याउन बर्दिबास ३ स्थित वडा कार्यालयले निःशुल्क औषधी उपलब्ध गराएको छ । वडाध्यक्ष विराट विष्टले बर्दिबास ३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटालाई उपचारका लागि आवश्यक १४ प्रकारको औषधी सोमबार हस्तान्तरण गर्नुभएको हो ।
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । ऋषिङ–१ र व्यास–५ को सीमाना सेतीनदीमा बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ ।
जिल्लामा सवारी कारबाहीमा तिर्नुपर्ने जरिवाना बैङ्क मार्फत तिर्नुपर्ने व्यवस्था गरिएको छ । असार १ गतेदेखि लागु हुने गरी जिल्लामा सवारी नियम उल्लङ्घन कसुरको जरिवाना बापत राजश्व सङ्कलनलाई बैङ्किङ प्रणालीमा परिवर्तन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
रोल्पा सुनछहरी गाउँपालिका–३ स्थित बहिरीगामको जङ्गलमा समुद्री सतहदेखी दुई हजार आठ सय ५० मीटरको उचाइमा देखिएको फुस्रो चैते चरा ।
कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनले मुलुकको विद्यमान कर प्रणाली सुधार गर्न सके करिब तीन खर्ब राजस्व थपिने देखाएको छ ।
अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा सकुशल अवतरण गराइएको छ । विमानको इन्जिनमा आगलागीपछि इन्जिन बन्द हुँदा विमानलाई एक्कासि अवतरण गराउनुपरेको हो ।
सहरी क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निमार्ण गरिएको सहरी स्वास्थ्य केन्द्रको भवन लागूऔषध प्रयोगकर्ताको अखडा बनेको छ। घोराही उपमहानगरपालिका–१५ उत्साह टोलमा ५२ लाख २० हजार रुपियाँ खर्च गरेर निमार्ण गरिएको ४ कोठे भवन संरक्षण नहुँदा लागूऔषध प्रयोगकर्ताको अखडा बन्न पुगेको हो ।
भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ । यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए । आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको हो ।
श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ ।
झापा सहित पूर्वी नेपालमा तरकारी उत्पादन बढेपछि आयात घट्दै गएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टा अनुसार यो चालु आर्थिक वर्षमा झण्डै २५ करोड मूल्य बराबरको तरकारी आयात घटेको हो ।
मुस्ताङको लोमान्थाङमा पस्मिनाको कच्चापदार्थका रूपमा प्रयोग हुने च्याङ्ग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पस्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुवेशीका मिर्गौला पीडितहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ । धार्चे–७ लापुवेशीका स्थायी घर भएका हाल अस्ट्रेलियामा व्यापार व्यवसाय गर्दै आउनुभएका जोन घलेले वडा अध्यक्ष राकेश गुरुङ मार्फत सहयोग पठाउनु भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारले विगत छ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ ।