पेट्रोलियम पदार्थको बिक्री वितरण, व्यवस्थापन र ढुवानीमा दुई वर्षअघिसम्म रहेको सिन्डिकेट र कार्टेलिङको झल्को लिने गरी बन्द गराइएका पेट्रोल पम्प खुलेका छन् । नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्याङ्करचालक सङ्घबिच चारबुँदे सहमति भएपछि सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण सुचारु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ । सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
इटालीमा दुईवटा जहाज डुब्दा १० आप्रवासीको मृत्यु भएको छ । धेरै बेपत्ता भएको आशङ्का गरिएको आप्रवासी उद्धार संस्था तथा तटरक्षक बलले सोमबार बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गर्नुभएको छ । बालुवाटारमा आज साँझ भएको भेटमा उहाँहरूबिच नेपालको विकास र विश्व बैंकले नेपालमा गर्दै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका –११ मा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको हो ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका नेता जयप्रकाश गच्छदारको ५७ वर्षको उमेरमा निधन भएको छ ।
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ । ट्रोटसनबर्गले सिंहबारस्थित अर्थ मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गर्नुभएको हो ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा केन्द्रीय गठवन्धनअनुसार सरकार चलिरहेको र संङ्घीय सरकारमा पनि पार्टी छिट्टै सहभागी हुने बताउनु भएको छ ।
कर्णाली प्रदेश सरकारले योजना छनोट तथा प्राथमिकीकरण गरी बजेट विनियोजन गर्न आयोजना बैंक बनाउने भएको छ ।
जिल्लाकै ‘लाइफलाइन’ बेनी-दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ ।
जर्मनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक, भवन र सहरी पूर्वाधारलाई प्राथमिकतामा राखेर सबैभन्दा बढी २२ अर्ब ६४ करोड बजेट छुट्याएको छ ।
वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा आज एक जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश सरकारले कास्की-तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को लोकाहाखोलास्थित औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्ने भएको छ ।
खराब मौसमका कारणले गर्दा मुक्तिनाथदेखि काठमाडौँका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर म्याग्दीको बेनीमा आकस्मिक अवतरण गरिएको छ ।