• १२ असार २०८१, बुधबार

इनार सफा गर्ने क्रममा दुईको मृत्यु

blog

नवीन सुवेदी

सुर्खेत, असार ३ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका –११ मा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भइ हाल वीरेन्द्रनगर नगरपालिका –११ पिपिरा बस्ने ३२ वर्षीय विद्युप्रसाद रेग्मी र सोही ठाउँका ३१ बर्षिया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रहरीका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका दुबै जनालाई प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।