सुदूरपश्चिम विश्वविद्यालयले एक कार्यक्रम गर्दै आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ ।
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्नुहुन्छ ।
ट्रक चालकको हत्या गरेको आरोपमा बैतडी प्रहरीले एक शिक्षिकासहित दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का अटो रिक्सा चालकको खोजी भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ । रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापव्रmमका कारण रक्तदान हुने व्रmम घटेपछि रगत अभाव झनै चर्किएको रेग्मीले बताउनुभयो । उहाँले गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले रगत पु¥याउनै समस्या भइरहेको जनाउँदै अहिले रक्तसञ्चार केन्द्रमा विभिन्न गु्रपका निकै कम मात्रामा रगत मौज्दात रहेको बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ मा कृषिलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ । घोराही उपमहानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कृषिको विकासका लागि पालिकाभित्र कृषियोग्य भूमिमा नियमित सिँचाइ गर्न नगर क्षेत्रभित्र रहेका सम्भावित खोला, सिमसारलगायत क्षेत्रमा पानीको मुहान संरक्षण, भूमिगत जलभण्डार स्थिर राख्नु साथै सिँचाइ, पर्यटन, रोजगारी सिर्जना ग
नेपालगन्जस्थित फत्ते बाल आँखा अस्पतालमा सानो समयमै सय जनाभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरिएको छ । सेवा प्रभावकारी बन्दै गएपछि सेवा लिने दिनदिनै बढ्दै गएको अस्पतालले जनाएको छ । फत्ते बाल आँखा अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले अस्पतालमा सुरु गरिएको आँखाको नानी प्रत्यारोपण सेवा सफल हुँदै गएपछि नानी प्रत्यारोपणका लागि आउने बिरामी बढेको बताउनुभयो । उहाँले क्यामिकल इन्जुरीका कारण आउने बिरामीको कर्नियाको सर्जरीलगायत कर्नियाको धेरै प्रकारका सर्जरी सेवा अस्पतालले प्रदान गरिरहेको बताउनुभयो ।
गोरखा नगरपालिका–५, मानेपानीमा रहेको ऐतिहासिक मानेपानी ढुङ्गेधारा गुमनाम अवस्थामा छ । इतिहासविद् तथा उपप्राध्यापक यदु अधिकारीले तत्कालीन राजा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले त्यसै धारोमा दैनिक एक माना पानी पिउने भएकाले त्यस धाराको नाम मानेपानी धारो भएकोे बताउनुभयो । उहाँका अनुसार मानेपानी ढुङ्गेधारा गोरखकाली मन्दिरदेखि विन्ध्यवासिनीमाई मन्दिर जाने पदमार्गको बिचमा छ । उहाँका अनुसार यो ढुङ्गेधारामा जाडो र गर्मी दुवै मौसममा तातोपानी आउँछ । उपप्राध्यापक अधिकारीले भन्नुभयो, “मानेपानी ढुङ्गेधाराको विषयमा गोरखाका प्रसिद्ध इतिहास भन्ने मेरो पुस्तकमा समेत विभिन्न अग्रजको भनाइका आधारमा पुस्तकमा लेखिएको छ ।”
सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने रु यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् । विशेषतः स्थानीय सरकार अर्थात् जनप्रतिनिधि ‘छिटो र द्रुतगतिमा सेवा दिनुपर्छ, नियम–कानुन मिल्दै जान्छ’, भन्ने तर्क राख्दछन् र स्थानीय प्रशासन ‘ऐन कानुनको परिधिमा रहेरमात्र सेवा दिनुपर्छ’, भन्ने मान्यता लिन्छन् ।
व्यक्तिविशेषका लागि सरकारी तथा वित्तीय सङ्घ संस्थाको सेवा लिन अति महत्वपूर्ण र अनिवार्य बनाउन लागिएको राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्ला प्रशासन कार्यालय उदयपुरले व्यक्तिगत विवरण दर्ता गर्ने कार्यलाई तीव्रता दिएको छ । नेपाल सरकारको २०८१ साल जेठ २४ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उदयपुरलगायत मुलुका विभिन्न २८ वटा जिल्लामा आगामी साउन १ बाट सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भन्ने गृह मन्त्रालयले परिपत्र गरेपछि प्रशासन कार्यालयले व्यक्तिगत विवरण दर्ता गर्ने कार्यलाई तीव्रता दिएको हो ।
सामान्य वर्षा हुँदा नै बलान नदीले ठुलो क्षेत्रमा कटान थालेको छ । यही गतिमा कटान भइरहने हो भने यस वर्ष पश्मितर्फ भङ्गालो परिवर्तन गरी अकल्पनीय क्षति हुने डरले स्थानीयवासी चिन्तित हुन थालेका छन् । लहान–२३ का बिल्टु यादव भन्नुहुन्छ, “डेढ बिघा जमिन नदीले काटन गरिसक्यो । अब बहाव गाउँतर्फबाट बग्ने अवस्था आएको छ । नजिकका बस्ती नै उठिबास हुने चिन्ताले सयौँ स्थानीयलाई भोक न निन्द्रा हुन थालेको छ ।”
तत्कालीन रावतकोट, वडालम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन गाविसमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले ३७ वर्षअघि सुरु गरिएको गीताचौर–रावतकोट सिँचाइ आयोजना अहिलेसम्म पनि निर्माण हुन सकेको छैन । विसं २०२२ मा ४३५ हेक्टर जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सुरु गरिएको आयोजना सङ्घीय सरकारले बजेट विनियोजन कम गर्ने, उपभोक्ता समितिले श्रमदान नगर्ने, ठेकेदारले काम नगर्नेलगायतका समस्याका कारण हालसम्म पनि निर्माण हुन नसकेको हो ।
रुकुमपश्चिममा जोखिमपूर्ण अवस्थामा रहेका विद्यालय भवनमा राखेर बालबालिकाको पठनपाठन हुने गरेको छ । गत कात्तिक महिनामा आएको भूकम्पका कारण भत्किएका र चर्किएका विद्यालय भवन पुनर्निर्माण तथा मर्मत नभएपछि जोखिमपूर्ण भवनमै बालबालिका राखेर कक्षा सञ्चालन गर्ने गरिएको छ ।
गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपार्इँले जानकारी दिनुभयो ।