नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशका प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालयबिच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ ।
झापामा सवारी दुर्घटनामा परेर एक वृद्धाको ज्यान गएको छ । मङ्गलवार बिहान बिर्तामोडमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको हो ।
काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘बहुवर्षे शिक्षानीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव सङ्कलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नु पर्नेछ ।
प्रतिनिधि सभा बैठकमा विभिन्न सातवटा मन्त्रालय तथा निकायको खर्च कटौतीका लागि १२ वटा प्रस्ताव प्रस्तुत भएका छन् । बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफल जारी छ ।
यस वर्ष गोसाइँकुण्डमा गङ्गा दशहरा स्नान गर्ने बढेका छन् । गोसाइँकुण्डमा यस वर्ष एक हजार छ सयभन्दा बढी तीर्थालुले गङ्गा दशहरा स्नान गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसमक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराउनुभएको छ । बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठुलो भौतिक क्षति भइसकेको छ ।
रुकुमपश्चिमको आठविसकोट नगरपालिकाभित्रका विद्यालयहरू बन्द गरिएको छ । केही दिन यता विद्यार्थीहरू एक्कासि बेहास हुने, छट्पटाउने लक्षण देखापरेपछि नगरपालिकाले सबै सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
हत्या अभियोगमा २० वर्षदेखि फरार रहेका एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हत्या अभियोगमा १६ वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाइएका फरार व्यक्तिलाई आइतबार पक्राउ गरिएको हो।
प्रतिनिधि सभा बैठकमा सांसदहरूले मनसुनलगायतका विपदबाट आम नागरिकलाई जोगाउनका लागि पूर्वतयारी, उद्धार तथा राहतको विशेष प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ ।
विश्व रामसार साइडमा सूचीकृत कैलालीको घोडाघोडी तालमा सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि गोहीको प्रजनन् केन्द्र व्यवस्थापन गरिएको छ ।
राति चार पाङग्रे गाडी र मोटरसाइकलमा हातहतियारसहित आउने चोर डाकाको हल्लाले लहान नगरपालिका र धनगढीमाई नगरपालिकाका ग्रामीण भेगका स्थानीय युवाले राति गस्ती गर्न थालेका छन्।
तनहुँमा चार लेनको पुल निर्माण कार्य भइरहेको छ । नेपालमै पहिलो पटक पृथ्वीराजमार्गको सबैभन्दा लामो मादी नदी पुल निर्माण भइरहेको छ ।
गोरखाको सिरानचोक गाउँपालिका–४ चोरकाटेमा माटोका भाँडा बनाउने तालिम सम्पन्न भएको छ । मौलिक पेसा प्रवर्द्धनका लागि मुख्यमन्त्री नवप्रर्वतन साझेदारी कार्यक्रमअन्तर्गत मौलिक पेसा माटोका भाडा बनाउने तालिम प्रदान गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिनुभयो ।