सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा स्थानीय तहमा आगामी आव २०८१/८२ का लागि ५७ करोड बढी रकम विनियोजन गरेको छ । चालु आवमा स्थानीय तहमा दुई अर्ब ३४ करोड ७५ लाख ७० हजार वित्तीय हस्तान्तरणतर्फ विनियोजन गरेकोमा आगामी आवमा ५७ करोड ९४ लाख ४० हजार रकम वृद्धि गरेको हो ।
चलचित्र ‘बोक्सीको घर’ को अन्तर्राष्ट्रिय प्रदर्शनीका क्रममा नायिका केकी अधिकारी अस्ट्रेलियामा रहेका बेला चलचित्रका लेखक तथा निर्देशक सुलक्षण भारतीले आफूलाई नियतवश ओझेलमा पारिएको बताउनुभएको छ । सोमबार चलचित्र प्रदर्शनीको ५१ दिन मनाएको ‘बोक्सीको घर’ का लेखक तथा भारतीले चलचित्रको प्रचारदेखि च्यारिटी प्रदर्शनसम्म नायिका अधिकारीले आफूलाई बेवास्ता गरेको बताउनुभयो । चलचित्रका निर्माता केकीका बुवा बद्री अधिकारी हुनुहुन्छ ।
कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवका अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन गरिने भएको छ । थेरेसा रिबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’ को नेपाली अनुवाद प्रियङ्करले गर्नुभएको हो । रङ्गकर्मी आकाङ्क्षा कार्कीको निर्देशनमा तयार गरिएको नाटक ‘प्ले द सिस्टम’ मा काम गर्ने ठाउँमा हुने नारीद्वेषी चेत एवं व्यवहारलाई व्यङ्ग्य गरिएको छ । नाटकमा कलाकार इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लको अभिनय रहेको छ । नाटक असार ६ गतेदेखि ३१ गतेसम्म कौसी थिएटर टेकुमा मञ्चन हुने जनाइएको छ ।
सेनकालीन कला, संस्कृति र इतिहास बोकेको पाल्पाको तानसेनको ऐतिहासिक र सांस्कृतिक सम्पदा खस्कँदो अवस्थामा रहेको छ । यसको संरक्षणमा सम्बद्ध पक्षको खासै चासो पुग्न सकेको छैन । तानसेनको ऐतिहासिकता, कला र सांस्कृतिक सम्पदाको दुईहप्ते अध्ययनपछिको प्रारम्भिक निष्कर्षमा यस्तो तथ्य सार्वजनिक भएको हो । काठमाडौँ इन्जिनियरिङ कलेजका विद्यार्थी तथा प्राध्यापकको टोलीले तानसेनको दुईहप्ते अध्ययन र अवलोकन गरेको छ । कलेजका ४६ जना विद्यार्थी र चार जना प्राध्यापकको टोलीले तानसेनका ऐतिहासिक तथा सांस्कृतिक अध्ययन र अवलोकन गरेका थिए । सोसम्बन्धी प्रतिवेदन तयार पारी तानसेन नगरपालिकालाई बुझाइने जनाइएको छ ।
मकवानपुरको कुलेखानीमा नौ लाख माछाका भुरा छाडिएको छ । इन्द्रसरोवर रिजर्भवायरको जलीय जैविक विविधता संरक्षणका लागि नौ लाख २० हजार माछाका भुरा छाडिएको हो । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले आठ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाले एक लाख २० हजार माछाका भुरा कुलेखानी जलाशयमा छाडेका हुन् ।
सरकारले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्या वृद्धि भएको छ । मर्यादित श्रम सम्बन्धलाई सुधार गर्दै एसडिजी लक्ष्य हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने कार्यलाई प्राथमिकता दिएसँगै श्रम अडिट गर्ने रोजगारदाताको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसाय सुरक्षा विभागका अनुसार श्रम ऐन, नियमावली र छ वर्षअघि का
हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चाकल) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् । चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ ।
पछिल्लो समय मुलुकभरका ८२५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मङ्गलबार एक सय दिनको उपलब्धि सार्वजनिक गर्नेक्रममा उक्त जानकारी दिनुभएको हो । मन्त्री श्रेष्ठले यस अवधिमा ४५ जना शिक्षकका सम्बन्धमा उजुरी प्राप्त भएको तथा ४२१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो । त्यस्तै चार जना शिक्षकले सफाइ पाएको तथा २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले गत फागुन २३ गते मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । मन्त्रीको जिम्मेवारी सम्हाल्नेबित्तिकै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय आबद्धता त्याग गर्न आह्वान गर्नुभएको थियो ।
धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारका ६० वर्षीय गणेश बस्नेतको केही दिनयताको दैनिकी तमोर कोरिडोर आसपास नै बित्ने गरेको छ । उहाँ घरको बित्दो कामसमेत थाँती राखेर निर्माणाधीन कोरिडोरमा आउनुहुन्छ र बेलुकीपख मात्र उहाँ घर फर्कनुहुन्छ । यसरी दैनिक घरको काम छाडेर कोरिडोरमा गफिएर दिन बिताउँदा पनि उहाँलाई कुनै ग्लानि छैन, बरु खुसी थपिएको छ । ७८ वर्षीय स्थानीय लोकेन्द्र भण्डारी पनि दैनिक सडक आसपासमै भेटिनुहुन्छ । सडक कालोपत्रे हुँदा अत्यधिक खुसी भएको उहाँ बताउनुहुन्छ । उहाँहरूलाई त्यो खुसी दिएको हो तमोर कोरिडोरमा कालोपत्रे कार्यले । कालोपत्रे सुरु
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने क्रममा मङगलबार जर्मनीको वर्लिनबाट कतारको दोहातर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाई गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणका क्रममा मङ्गबार पूर्वी बर्लिन क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ। आज उहाँले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीयस्थल बेहडाबाबा धाममा गंगा दशहरा मेलामा एक जनाको मंगलबार मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।
कैलाली जिल्लामा अत्यधिक गर्मी बढेपछि विद्यार्थीको स्वास्थ्यमा पर्ने सक्ने समस्यालाई मध्यनजर गर्दे स्थानीय तहले विद्यालय बिदा दिन थालेका छन् ।