गोरखाको पालुङटार नगरपालिकामा विगत लामो समयदेखि व्यावसायिक रुपमा खेती गर्दै आएका पालुङटार नगरपालिका – ७ च्याङलिङ आहालेबरका ईश्वर श्रेष्ठले आफ्नो ४५ रोपनी जग्गामा लगाएको लिची खरीद गर्न मकवनापुरदेखि व्यापारी उहाँको बारीमा नै आएको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनपक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गर्नुभएको छ । जर्मनी भ्रमणका क्रममा उहाँले जर्मनीका राष्ट्रपति डा. फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो ।
कैलाली प्रहरीले तीन नाल भरुवा बन्दुकसहित ३७ वर्षीय मोहनबहादुर खत्रीलाई पक्राउ गरेको छ ।
हिल्सा सिमकोट सडक आयोजनाले हेर्दै आएको उक्त सडक निर्माणका लागि बजेट अभाव भएपछि निर्माण कार्य रोकिएको हो ।
लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।
नाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ ‘थोराङ्ला पास’ आवतजावत गर्ने एकमात्र मार्ग हो ।
दुई दर्जनभन्दा बढी वरिष्ठ कलाकारका चित्र ए साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स स् अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो ।
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा सांसद पुष्पबहादुर शाहले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
काली गण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल रुप्से झरना र सेर्काकु तातोपानी कुण्डमा अन्नपूर्ण गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माण थालेको छ।
मृत अवस्थामा रहेको चितुवालाई कार्यालयले दुरुपयोग नहुने गरी सुरिक्षत ठाउँमा व्यवस्थापन गरिने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्कनुभएको छ ।
रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो ।
संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।