कर्णाली प्रदेश सरकारले आगामी वर्षको बजेटमा भौतिक पूर्वाधारको क्षेत्रमा बढी रकम विनियोजन गरेको छ । विगत वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिएको वार्षिक बजेट तथा कार्यक्रममा भौतिक पूर्वाधारको विकासमा बजेट वृद्धि गरिएको छ । सरकारले चालु आवमा भन्दा आगामी आवको बजेट आकार घटाएको छ । तथापि केही मन्त्रालयको बजेट कटौती हुँदा पनि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको करिब ३५ करोडले बजेट वृद्धि गरिएको छ ।
नेपाली समाजमा पछिल्लो समय प्रेम र यौन विकृतिका अनेक घटना हुन थालेका छन् । यहाँ पाटनकी एक शिक्षिका यस्तै क्रियाकलापमा फसेपछि उनी ट्रकचालकको हत्या आरोपमा पक्राउ परेकी छिन् । एकल महिलासमेत रहेकी शिक्षिकाको घरमा नियमित आवतजावत गर्ने अर्का अटोरिक्साचालक आशिष पहरीसँग मिलेर महिलाले आफ्नै घरभित्र ट्रकचालकको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याको कारण प्रेम र यौन क्रियाकलापसित जोडिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
सुदूरपश्चिम प्रदेशमा अझै पनि एक हजार ८२ मुक्त कमैया पुनस्र्थापनाको पर्खाइमा रहेको दाबी गरिएको छ । कमैया मुक्ति घोषणा भएको दुई दशक भइसक्दा पनि सबै मुक्त कमैयाको उचित पुनस्र्थापना हुन सकेको छैन । कैलालीमा ९५३ र कञ्चनपुरमा १२९ मुक्त कमैयाको पुनर्स्थापना हुन बाँकी रहेको मुक्त कमैयाको क्षेत्रमा पैरवी गर्ने सङ्घ संस्थाले दाबी गरेका छन् ।
ऐतिहासिक कालखण्डमा अनेक उतारचढाव भोग्दै आएर हाल विश्वको तेस्रो ठुलो अर्थतन्त्र जर्मनीसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पुगिसकेको छ । नेपाल र जर्मनीबिच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा विकसित भएको अनुभूत हुन्छ । विसं २०४४ असार ४ गते तत्कालीन जर्मन चान्सलर हेल्मुट कोलले नेपालको भ्रमणका क्रममा संसद् (राष्ट्रिय पञ्चायत) मा गर्नुभएको सम्बोधन महìवपूर्ण थियो । ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको जर्मनीको भ्रमणले अझ सुमधुर ब
अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो ।
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको सूचना प्रविधि क्षेत्रका मुद्दालाई अदालतले सदर गर्दै जानुले यस क्षेत्रमा हुने भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बहसको खाँचो देखिन्छ । वास्तवमा सूचना प्रविधिका सेवा र वस्तुको खरिदमा मात्र होइन, पैठारी गरिएका अन्य ब्रान्डेड सामग्रीमा समेत मिलेमतोका समस्या छन् । कतिपयले कारोबारपश्चात् बिक्रेताबाट क्रेताले प्रत्यक्ष अप्रत्यक्ष लाभ लिई राखेकै हुन्छन् । जस्तै– निःशुल्क तालिम, पाँचतारे होट
पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भमध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो ।
कर्मचारी प्रशासनको पहिलो चरण भर्ना हो भने अन्तिम चरण अवकाश । अवकाश भएपछि कर्मचारीले बर्खास्त भएको अवस्थामा बाहेक सङ्गठनका लागि गरेको योगदान स्वरूप ओहदा र अवकाशको प्रकृति हेरी निवृत्तिभरण, उपदान र अन्य सुविधा प्राप्त गर्छन् । अवकाश भएका कर्मचारीको सुविधा पनि कति दिने भन्ने कुरा सरकारको हातमा हुन्छ । उनीहरूले समान बहालवाला कर्मचारीको बढेको तलबको दुई तिहाइ रकम निवृत्तिभरण वृद्धि हुन्छ र प्रत्येक वर्ष एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्च पाउँछन् । जसरी कुनै कम्पनीको सेयर होल्डरले बढीभन्दा बढी लाभांश, ऋण दिने साहुले बढीभन्दा बढी ब्याज, जमिनदा
सर्लाहीको बरहथवामा एक महिलाको हत्या भएको छ । बरहथवा नगरपालिका–१२, लौकाठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या भएको हो ।
१. विसं २०८१ असार १ गते बागमती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ? रु. ६४ अर्ब ५४ करोड सातै प्रदेशको बजेट : २०८१/८२ – कोशी कुल बजेट : ३५ अर्ब २८ करोड
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ ।
जलवायु परिवर्तनका असर १. जलवायु परिवर्तनले खाद्य उत्पादनमा पार्न सक्ने प्रतिकूल प्रभाव र जोखिम न्यूनीकरणका लागि तीन तहका सरकारले आपसी समन्वयमा के कस्ता कार्यहरू गर्न सक्छन् ? प्रचलित कानुनी प्रावधानसमेतका आधारमा उल्लेख गर्नुहोस् । कुनै स्थान विशेषमा लामो अन्तरालमा त्यहाँको औसत मौसमी अवस्थामा देखापर्ने फेरबदललाई जलवायु परिवर्तन भनिन्छ । विश्वव्यापी तापमान वृद्धिका कारण पृथ्वीमा द्रुत जलवायु परिवतर्नको अवस्था सिर्जना भएको छ । जलवायु परिवर्तनका कारण खाद्य उत्पादन प्रणालीमा नकारात्मक असर पुग्न गई मानव र सम्पूर्ण पृथ्वीबासीको अस्तित्वमाथि नै सङ्कट पैदा हुन सक्ने
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यसपछि बैङ्कको शाखा कार्यालयको सङ्ख्या २८८ पुगेको छ । हाल बैङ्कको सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखारहित बैङ्किङ सेवा, ७१ वटा एक्स्टेन्सन काउन्टर, क्युआर कोड सेवा, पिओएस सेवा, इन्टरनेट बैङ्किङ, परिष्कृत रूपको मोबाइल बैङ्किङ (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने मोबाइल बैङ्किङका सेवासमेत सञ्चालनमा रहेका छन् ।
मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कृषक समुदायको उत्थान तथा कृषिमा जलवायु कार्यलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भुटान र नेपालका लागि (एफएओ) का प्रतिनिधि केन सिमिजु र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।