पूर्वअर्थमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मापदण्ड विपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताउनुभएको छ ।
धनगढी चोकमा भेटिने जोकोहीले यस पटकजस्तो गर्मी कहिल्यै भएन भनेर टीकाटिप्पणी गरेको सुनिन्छ । तापक्रम तीव्र गतिमा बढ्दा त्यस्तो कुरा गरेको सुनिएको हो ।
सन् २०२३ मा विश्वव्यापी द्वन्द्वले अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा ७२ प्रतिशत बढी नागरिक मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्क र तिलङ्गा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङले ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्द्धन गर्ने चेतनामूलक पुस्तक संयुक्तरुपमा लोकार्पण गर्नुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बालबालिकाको खोजतलासको कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिनुभएको छ ।
जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ ।
झापामा केहीदिनदेखि परेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लामा ५ घर विस्थापित बनेको र दर्जनौ धर डुवानमा परेका छन् । बिरीङ खोलाको पानी पसी अन्दाजी ३ फिट डुबान भएपछि झापा गाउँपालिका वडा नम्बर ६ युवाटोल बस्ने दिपक आचार्य, सिता दुलाल, प्रदिप सिंह र नवीन बराइलीको परिवार बिस्थापित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । विस्थापित स्थानीय केदार श्रेष्ठको खाली घरमा बसेका छन् ।
ताप्लेजुङमा बाढी पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन् । प्रहरीले दिएको विवरण अनुसार पानी पर्न थालेको डेढ साताको अवधिमा विभिन्न समयमा गएको पहिरोले घरपरिवारहरू विस्थापित भएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षामा दलीय राजनीतिककरण अन्त्य गरेरै छोड्ने बताउनुभएको छ । मङ्गलबार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्द उहाँले यस्तो बताउनुभएको हो ।
सिराहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिकबिच सडकमा विद्युतको पोल नहटाइ गरिएको सडक कालोपत्र ।
धनगढी उपमहानगर–१२ ए गाउँडाँडाका धनबहादुर लामाको नल्का (हेण्डपम्प) पानी नआएको २५ दिन भयो। आफ्नो नल्कामा पानी नआएपछि उहाँ गाउँको बोरिङको भर पर्नु भएको छ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ५ बस्ने मदनी चौक बस्ने मसुद आलम लहेरीलाई जेठी श्रीमती नजाबुन नेसालाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरुले जोड दिनुभएको छ ।
गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाको बिच भागमा रहेको भुत्याहा खोला मध्यपहाडी लोक मार्गबाट यात्रा गर्ने मानिसहरु प्राय झरनाको अवलोकन गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।