• १२ असार २०८१, बुधबार

झापामा वर्षाका कारण पाँच घर विस्थापित, दर्जनौँ डुबानमा

blog

झापामा भएको डुवान।

विष्णुप्रसाद पोखरेल

दमक, असार ४ गते । झापामा केही दिनदेखि परेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लामा ५ घर विस्थापित बनेको र दर्जनौ‌ धर डुवानमा परेका छन् । 

बिरीङ खोलाको पानी पसी अन्दाजी ३ फिट डुबान भएपछि झापा गाउँपालिका वडा नम्बर ६ युवाटोल बस्ने दिपक आचार्य, सीता दुलाल, प्रदिप सिंह र नवीन बराइलीको परिवार विस्थापित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । विस्थापित स्थानीय केदार श्रेष्ठको खाली घरमा बसेका छन् ।

बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको विद्यालय हाताभित्र पानी पसेको छ । म३ंगलबार पठनपाठन पनि अवरुद्ध बनेको छ । प्रहरीका अनुसार कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् । प्रहरीले वर्षाका कारण भएको क्षतिको स३ंकलन भइरहेको जनाएको छ ।

पहिरोको कारण एक परिवार विस्थापित

यसैगरी अर्जुनधारा नगरपालिका वडा नम्बर २ को लाप्चेटारमा माथिबाट पहिरो खस्दा एक परिवार विस्थापत बनेको छ । स्थानीय पुष्पा समाल मगरको घर पहिरोले पुरी क्षति पुर्याएको रेडक्रस झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभएको छ । उक्त घर परिवार सुरक्षित स्थानमा सरेको छ । 

पहिरो खस्ने कार्य जारी रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । मदन भण्डारी मार्ग उत्तर १० घर डुबानमा परेको पनि ढकालले जानकारी दिनुभयो । यही वार्डमा खानेपानी मुहानमा क्षति पुगेको ढकालले बताउनुभएको छ । वडा नम्बर १ रहेको खानेपानी मुहानमा क्षति पुगेको हो ।

अर्जुनधारा वडा नम्बर २ राते भन्ने स्थानमा मदन भण्डारी मार्ग उत्तर १० घर डुबानमा परेका छन् । लाप्चेटार सहकाले जाने बाटो पूर्ण अवरोध भएको र केही ठाउँमा खेतीयोग्य जमिन गोयाङ र टाङटिङ नदीले कटान सुरु गरेको छ ।