उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको मृत्यु भएको र ५१ जनाको सोमबार उद्धार गरिएको जर्मन सहायता समूह रेसक्युसिपके जनाएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको ऐतिहासिक लिम्बू सांस्कृतिक सङ्ग्रहालयमा पहिरोले क्षति गरेको छ। निरन्तरको वर्षासँगै माथिदेखि झरेको पहिरोले सङ्ग्रहालयमा क्षति गरेको हो।
कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवको अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने भएको छ । थेरेसा रिबेकको ह्वाट वी आर अप अगेन्स्टको नेपाली अनुवाद प्रियङ्करले गर्नुभएको हो ।
तनहुँ, लमजुङ र कास्कीका चार पालिकाले नदीमा माछा मार्न प्रतिबन्ध लगाएका छन् । माछा संरक्षण गर्न नदीमा माछा मार्न प्रतिबन्ध लगाएका छन् ।
पाँचथर बहुमुखी क्याम्पसमा ३३ वर्ष पछि नयाँ सञ्चालक समिति चयन भएको छ । नयाँ नेतृत्व चयन गर्न बोलाइएको क्याम्पस सभाको अधिवेशन असार ३ गते मध्यराति सकिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले रोजगारी प्रवर्द्धन गर्न ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम सुरु गर्ने भएको छ ।
कैलालीको धनगढीमा खानेपानीको सतह दुई मिटरसम्म घटेपछि खाने पानीको समस्याले विकराल रूप लिएको छ । लामो समयको खडेरीका कारण जमिनमुनि पानीको सतह सुक्दै गएपछि धनगढीका २३ हजार २४९ परिवार प्रभावित भएका छन् ।
सुर्खेतमा किवी खेतीमा कृषकहरूको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको चिङ्गाड गाउँपालिका २ रहकुलका किसानहरू आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू विद्यालय स्तरबाट सञ्चालन गर्न आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएमा कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिनुभएको छ ।
प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भने राष्ट्रिय परिचयपत्र बनाउनका लागि ९० वर्ष सम्मका वृद्धवृद्धा पनि लाइनमा बसेको देखिन्छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राती तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठुलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
पूर्वी नवलपरासी डिभिजन वन कार्यालयले निःशुल्क बिरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ ।