• १२ असार २०८१, बुधबार

कथा घेरामा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने

blog

काठमाडाैं, असार ४ गते । कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवको अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन हुने भएको छ । थेरेसा रिबेकको ह्वाट वी आर अप अगेन्स्टको नेपाली अनुवाद प्रियङ्करले गर्नुभएको हो । 

रङ्गकर्मी आकाङ्क्षा कार्कीको निर्देशनमा तयार भएको नाटक प्ले द सिस्टम नाटकमा प्रायः काम गर्ने ठाउँमा हुने नारीद्वेषी चेत एवम् व्यवहारलाई व्यङ्ग्य गरेको छ । नाटकमा कलाकारहरू इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लले अभिनय गरेका छन् । 

नाटक असार ६ गतेदेखि ३१ गतेसम्म कौसी थिएटर टेकुमा मञ्चन हुनेछ ।