कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीयस्थल बेहडाबाबा धाममा गंगा दशहरा मेलामा एक जनाको मंगलबार मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।
कैलाली जिल्लामा अत्यधिक गर्मी बढेपछि विद्यार्थीको स्वास्थ्यमा पर्ने सक्ने समस्यालाई मध्यनजर गर्दे स्थानीय तहले विद्यालय बिदा दिन थालेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताउनुभएको छ ।
कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।
मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ । किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरूलाई तालिम प्रदान गरिएको हो ।
अञ्जु पन्त र दीपक चौलागाईँको स्वरमा रहेको गीत ‘मलाई मन परेको मान्छे’ सार्वजनिक भएको छ । काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गरी सो गीत सार्वजनिक गरिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा कास्कीका स्थानीय तहको खर्चको अवस्था निराशाजनक देखिएको छ। आर्थिक वर्षको डेढ महिनामात्र बाँकी रहँदा अधिकांश पालिकाको बजेट आधामात्र खर्च भएको छ।
काठमाडौँ महानगरपालिकाले महाराजगन्जको शिक्षण अस्पतालको प्राङ्गणमा रहेको पानोर्मा फार्मेसी’लाई कारबाहीको सिफारिस गरेको छ।
मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत उत्पादन गरिरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ सर्वोच्च जनता अदालतका कमिटी सदस्य तथा न्यायाधीश लिउ गुइसियाङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
“घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका-११ को काहुडाँडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन समारोहमा स्थानीय आमाहरूले गाएको भजनको एक टुक्का हो यो ।
सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवम् अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन दिएको छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुले लेकमा पाकेको गहुँबाली ।