राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्कनुभएको छ ।
रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो ।
संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।
चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।
बाँकेको कोहलपुरमा खानेपानीको मागभन्दा आधा जति मात्रै वितरण भइरहेकाले खानेपानीको सङ्कट चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल दैनिक ५० लाख लिटर पानीको माग हुने गरेकोमा त्यसको आधा जति मात्रै अर्थात् दैनिक करिब २६–२७ लाख लिटर पानी वितरण भइरहेको जनाएको छ ।
२०७१ सालमा टेन्डर लागेको सडक कालोपत्रे अझै पनि निर्माण हुन सकेको छैन । २०७२ चैत ३० गते सम्पन्न गर्ने गरी सात करोड १९ लाख ८७ हजार ७० रुपियाँमा लोहनी एन्ड ब्रर्दश प्रालि चितवनले २०७१ असार ३१ गते सम्झौता गरेको थियो । तर अझै सडक कालोपत्रे हुन सकेको छैन ।
गोरखाको पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाबिच दुनाटपरी खरिदबिक्री समझदारी भएको छ । पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन र अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाबिच पालुङटारमा तयार भएका दुनाटपरी अजिरकोटले खरिद गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई पालिकामा उत्पादित स्थानीय सामग्री बजारीकरण गरी स्थानीय उत्पादनलाई बढावा दिन सहयोग गर्ने सहमति भएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।
पर्याप्त मात्रामा भौतिक पूर्वाधार भए पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई कोशी प्रदेश सरकारले कोशी आयुर्वेद प्रतिष्ठानका रूपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस अस्पताललाई जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउने उल्लेख गर्दै प्रतिष्ठानका रूपमा विकास गरिने उल्लेख छ ।
उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित पुरानो गाईघाटको हवाई मैदानमा निर्माणाधीन कोशी प्रदेशकै सबैभन्दा ठुलो र सुविधासम्पन्न सभा भवन निर्माणको काम अझै पूरा हुन सकेको छैन । मदन भण्डारी स्मृति सभा भवन तथा अतिथिगृह भनी नाम दिइएको भवन बजेटको अभावमा आठ वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेको हो ।
गर्मी छल्न कुलोमा नुहाउन पुगेका लम्कीचुहा नगरपालिका–५ थापापुरका युवा कैलाश विष्टको ज्यान गएको छ ।
सर्लाहीका स्थानीय तह बजेटको तयारीमा जुटेका छन् । असार १० गतेभित्रै गाउँ सभा, नगर सभा बोलाएर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाले बजेटको तयारी अगाडि बढाएका हुन् । केही स्थानीय तहले कार्यपालिकाको बैठक राखेर बजेटबारे छलफल सुरु गरिसकेका छन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीयस्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी सेवा उपलव्ध हुने भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ ।
भूकम्प गएको करिब आठ महिनासम्म पनि सरकारको मुख ताकेर बसेका यहाँका भूकम्पपीडित ऋण काढेरै भए पनि स्थायी आवास निर्माणमा जुटेका छन् । लामो समयसम्म पनि सरकारले अनुदान दिन्छ कि भन्ने आशामा बसेका यहाँका भूकम्पपीडितले रकम नपाउने भएपछि आफैँ आवास निर्माण गर्न कस्सिएका हुन् । भूकम्पले दुई वटा घर भत्किएपछि अस्थायी टहरामा बस्न बाध्य भएका नलगाड–२, डाँडागाउँका नारायण शर्माले व्यक्तिगत खर्चमा अहिले स्थायी घर निर्माणमा जुटेको बताउनुभयो ।