थाइल्यान्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब देश समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका बासिन्दाले यतिबेला खानेपानीको समस्या खेप्नुपरेको छ। अविरल वर्षापछि गएको पहिरोले खानेपानीको पाइपसहितका संरचनामा क्षति गरेपछि मामाङ्खेवासीले खानेपानीको समस्या खेप्नुपरेको हो।
झापामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
झापाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेका हुन्। जिल्लामा दुई हजार तीन सय घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बताएकाे छ।
मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१ र ०८२ का लागि १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
देशका ७२ वटा जिल्लाबाट एक हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
केन्याले २० भन्दा बढी देशहरूबाट अनुमानित सात लाख ७५ हजार शरणार्थीलाई आश्रय दिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर) ले जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।
भारतमा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको हो ।
नेकपा (एमाले) संसदीय दलकी सचेतक सुनिता बरालले प्रभावकारी आर्थिक कूटनीति प्रवर्द्धन गर्नका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० क्रिकेटको अलराउन्डरतर्फ विश्वकै छैटौँ वरीयतामा उक्लिनुभएको छ।
नेपालमा सबैभन्दा जेठो पशुपालन फार्ममध्ये मकवानपुरको चित्लाङमा रहेको बाख्रा विकास फार्म पनि एक हो।
भीरकोट नगरपालिकाले प्लास्टिकजन्य झोलाको प्रयोगमा न्यूनीकरण गर्ने अभियानमा जुटेको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्लास्टिकजन्य झोला न्यूनीकरण र सामुदायिक विद्यालयमा सूचना प्रविधिमैत्री कार्यक्रममार्फत सो अभियान सुरु गरिएको हो ।
पोखरा महानगरको आर्थिक वर्ष ०७९/०८० को बेरुजु ७९ करोड ४९ लाख ८० हजार देखिएको छ।आर्थिक वर्ष ०७९/०८० सम्मको लेखा परीक्षण गरी महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महानगरको अद्यावधिक बेरुजु भने तीन अर्ब पाँच करोड ५० लाख २९ हजार पुगेको छ ।
दाङमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ ।