गोरखामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । पालुङटार नगरपालिका–७ च्याङलिङ गाईफर्मनजिकै बगरखेतमा बुधबार बिहान ५ बजे भट्टाफाँट बस्ने वर्ष ७६ का गनबहादुर कुमाल र सोही ठाउँका वर्ष ६३ का राजमान कुमाललाई बाघले आक्रमण गरी गम्भीर घाइते बनाएको पालुङटार नगरपालिका–७ का वडा अध्यक्ष अर्जुन कुमालले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.चिरञ्जीवी खनालले गणतन्त्रप्राप्तपछि मुलुक विकासको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।
डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।
कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेपछि स्थगन भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सिसाङवा खोलामाथि फड्केपुल निर्माण गर्दै स्थानीयवासी ।
गायक सन्जीप प्रधानले ‘स्टिम इन्जिन’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको हो। गायक प्रधान र मोडल करिष्मा श्रेष्ठको अभिनयमा भिडियो सार्वजनिक भएको हो।
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिनुभएको छ ।
भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी-६ (एसआर-६) जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।
पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् ।
गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने गरी नीति ल्याएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेश सभाको आजको बैठकको सुरुमा नेपाली कांग्रेस प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राख्नुभयो ।
कारागारमा रहनुभएको प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको जन्म दिन मनाउने क्रममा म्यान्मारका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् ।
भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १०औँ संस्करण मनाउन पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यास प्रवर्द्धन गर्ने हेतुले योग प्रदर्शन आयोजना गरिएको दूतावासले जनाएको छ ।
मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कृषि र पूर्वाधार निर्माणमा जोड दिँदै ल्याएको छ ।