सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको राष्ट्रिय स्तरको दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दुधको भुक्तानी तत्काल दिन माग गर्नुभएको छ । किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब अनलाइनबाटै ओपिडी टिकट सेवा सुरु पाइने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुनले अस्पतालको मोबाइल एपबाट मङ्गलबार टिकट काटेर सेवाको शुभारम्भ गर्नुभएको हो ।
संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी हुवाङ जुएकिन (सोफिया हुवाङ) साथै श्रम अधिकारकर्मी वाङ जियानबिङलाई अन्यायपूर्ण सजायको दिइएको भन्दै उनीहरूको तुरुन्त रिहा गर्न बेइजिङसँग आग्रह गरेको छ ।
बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रा पालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाउनुभएको छ ।
उत्तर कोरियाको भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गर्नुभएको छ ।
कवि विमल गुरुङको स्मृतिमा स्थापित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि कृति आह्वान गरेको छ ।
बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय आशिष् पहरी रहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै चौधरीले यस्तो बताउनुभएको हो ।
एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडबक्समा ठुलो क्षति पुर्याएकाले हेडबक्स निर्माणका लागि एडिबीले दुई अर्ब (१९ दशमलव ७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपियाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो ।
दाङको लमही बड्का घुम्ना निवासी अनुशा चौधरीलाई गाउँ छेउमा रहेको बेतबाँसको वनको महत्वको बारेमा खासै चासो र जानकारी थिएन ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समयसापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ । बुधबार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा विभिन्न अपराधसम्बन्धी एक सय ७२ मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न एक सय २७ जना अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
केही दिन यता लहान नगरपालिकाको ग्रामीण भेगको वडामा चोर डकैतहरु सवारी साधनमा आएर डकैती गर्ने त्रास फैलिएपछि शान्ति सुरक्षा कायम राख्न लहान नगरपालिकाले इलाका प्रहरी कार्यालय लहानलाई १४ वटा मोटरसाइल उपलब्ध गराएको छ ।