पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् ।
गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने गरी नीति ल्याएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ । कर्णाली प्रदेश सभाको आजको बैठकको सुरुमा नेपाली कांग्रेस प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन तथा उठाएका विषयको जवाफ आउनुपर्ने धारणा राख्नुभयो ।
कारागारमा रहनुभएको प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको जन्म दिन मनाउने क्रममा म्यान्मारका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् ।
भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १०औँ संस्करण मनाउन पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यास प्रवर्द्धन गर्ने हेतुले योग प्रदर्शन आयोजना गरिएको दूतावासले जनाएको छ ।
मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कृषि र पूर्वाधार निर्माणमा जोड दिँदै ल्याएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीव्रता प्रदान गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिनुभएको छ ।
विद्युत महसुल बक्यौता राखेका सामुदायिक विद्यालयको लाइन काटिएपछि पठनपाठन र प्रशासनिक कार्य प्रभावित बनेको छ । नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रअन्तर्गत चन्द्रपुर, गुजरा र वृन्दावन नगरपालिकाका २७ वटा विद्यालयको लाइन काटिएपछि ती विद्यालयका पठनपाठन र प्रशासनिक कार्य प्रभावित बनेको हो ।
कानुनी रूपमा लागूऔषध प्रयोगकर्ता अपराधी नभई स्वास्थ्य समस्या भनी उल्लेख गरेपनि व्यवहारमा लागू नभएको सरोकारवालाको गुनासो छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल स्क्वास एन्ड राकेट्स सङ्घको आयोजनामा बुधबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिप सुरु भएको छ ।
ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा तीन साता बढी समयदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो ।
यतिबेला मगरबस्ती भूमे पर्वमय बनेका छन् । मगर समुदायको सबैभन्दा ठुलो चाड भूमे नाच अर्थात् बलपूजाको अवसरमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ खलङ्गास्थित सहिद मैदानमा पनि उल्लासपूर्ण रूपमा भूमे पर्व मनाइएको पाइन्छ ।
चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैङ्कका गभर्नरले बुधबार बताउनुभएको छ ।
थाइल्यान्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब देश समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ ।