मुगुको छायाँनाथ रारा नगरपालिका– ९ हुटुमा रहेको स्वर्गकी अप्सरा भनेर चिनिने रारा तालमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक ।
दिगो विकास र आर्थिक क्रियाकलापबिना देशको अर्थतन्त्र उकास्न सम्भव छैन । देशमा स्थिर सरकार भएन, वर्षैपिच्छे सरकार परिवर्तन भइरह्यो, चुलिँदो व्यापार घाटालाई देशले झेल्न विवश भयो भने देशको आर्थिक क्षेत्र डामाडोल हुन्छ । त्यसको असर देशको आर्थिक क्षेत्रमा देखा परिहाल्छ । केही समय पहिले नेपालको आर्थिक अवस्था खस्कँदो थियो । नेपाली अर्थतन्त्रको संरचनामा क्रमशः परिवर्तन आइरहेको छ तर यसले गुणात्मक उपलब्धि भने अझै पनि प्राप्त गर्न सकेको छैन । कुल गार्हस्थ उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने र सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको छ, जसलाई सरकारले बुझेर त्यही
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका९५ तापेथोकस्थित सिसाङवा खोलामाथि फड्केपुल निर्माण गर्दै स्थानीयवासी । बाढीले गत जेठ ३२ गते मोटरेवल काठेपुल बगाएपछि सदरमुकाम फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका क्षेत्रमा आवतजावत गर्न सहज होस् भनी उनीहरुले अस्थायी पुल बनाउन थालेका हुन ।
पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रथम सहकारी रोजगार मेला–२०८१ भोलि (शुक्रबार)देखि हुने भएको छ । राष्ट्रिय सहकारी महासङ्घले बुधबार पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो ।
धौलागिरि गाउँपालिका–७ धारापानीदेखि धारापानी–ताकम–शिवाङ–झिनडाँडासम्मको सडक स्तरोन्नति थालिएको छ ।
धुर्कोट गाउँपालिकाले मौलिक संस्कृतिको संरक्षणसँगै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यसहित तीन वडामा १० दिने पन्चैबाजा तालिम सञ्चालन गरेको छ । तालिममा विद्यार्थी र महिलाको सहभागिता रहेको थियो । धुर्कोट गाउँपालिका–७, वाग्लाकी दीपा परियारले १० दिने तालिमले पन्चैबाजा बजाउन सिकिएको र यसलाई व्यावसायिक रूपमा लैजाने बताउनुभयो । उहाँका अनुसार १० दिन मात्र पन्चैबाजा बजाउने तालिम अपुग हुन्छ । यो बाजा धेरै किसिमबाट बजाउन सकिन्छ । वाग्लाकै तुल्सा परियारले सनई बजाउनुहुन्छ । गाउँपालिकाले केही समयअघि वडा नम्बर १ स्थित नयाँगाउँ माध्यमिक विद्यालयमा पन्चैबाजा प्रशिक्षण दिएको थियो । वडा नम्बर ३, हाडहाडेका जनजाति महिलालाई पनि पन्चैबाजा तालिम दिइएको थियो ।
पूर्वी तराईबाट ढोल र सनई (साहेना) सहित आएका १५ जनाको राजवंशी समूहले सांस्कृतिक संस्थानको प्रेक्षालयमा लोकनाच ‘ढोल साहेना गाअन्’ प्रस्तुत गरिरहँदा प्रेक्षालयमा एक खालको एकाग्रता छाएको थियो । ढोल र सनईको तालमा राजवंशी भाषामा गायन र नृत्यले प्रस्तुतिमा फरक स्वाद दिएको थियो । भाषा नबुझिए पनि लोकनाचको मौलिक भावभङ्गीले दर्शकलाई तानेको थियो । सांस्कृतिक संस्थानले ५२ औँ वार्षिकोत्सवमा बुधबार आयोजित लोकगीत सङ्गीत, लघुनाटक र वाद्यवादन प्रस्तुतिमा ढोल सोहना गाअन् र तराई भेगकै लठ्ठहवा नाच (लट्ठीनाच) ले सबैको मन जितेको थियो । यो नाचमा ढोल र सनई अनिवार्य मानिन्छ । समाजका सुख, दुःख, माया पिरती, हास्य जस्ता विषयमा गाअन्को रचना गरिएको हुन्छ । संस्थानको वार्षिकोत्सव तथा ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को १३ औँ शृङ्खलाको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाली मूर्त तथा अमूर्त कलाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रस्तुतीकरण र दस्ताबेजीकरणलाई राज्यले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री तामाङले नेपाली अमूर्त संस्कृतिमा रहेको विविधताको संरक्षण गरी त्यसलाई पर्यटन विकासमा सँगसँगै लैजानुपर्नेमा जोड दिँदै अमूर्त संस्कृतिको पुस्तान्तरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले अमूर्त सम्पदाको सांस्कृतिक सूचीमा नेपाली संस्कृतिको सूचीकरण अभियानमा जोड दिनुभयो । उहाँले संस्कृतिलाई उत्पादनसँग जोड्ने लक्ष्य अनुरूप सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि संस्कृतिसम्बन्धी ज्ञान तथा सिपको जागरणमूलक प्रशिक्षण कार्यलाई निरन्तता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणका लागि अनुदान स्वरूप प्राप्त हुनुपर्ने रकम ऋणका रूपमा देखिएकाले त्यसलाई अनुदानका रूपमा परिणत गर्नसमेत माग गर्नुभयो । उहाँले सांस्कृतिक संस्थानको आफ्नै ऐन नहुँदा विभिन्न कठिनाइ भोग्नु परेको चर्चा गर्दै बेग्लै ऐन निर्माणको अनुरोध गर्नुभयो । कार्यक्रममा साकेला, डिग्रे नाच, बँदेल नृत्य, कौरा नृत्य, बुद्ध भजन, बलबाहु (लघुनाटक), लोक धुन, राजवंशी लोक नाट्य ‘ढोल सहिना गाअन्’, लठ्ठहवा नाच (तराई भेग) लगायत लोकनृत्य र वादन प्रस्तुत गरिएको थियो ।
गायक रोशन राई ‘पालुवा स्टार’ को नयाँ म्युजिक भिडियो ‘दुई थुङ्गा फूल’ सार्वजनिक गरिएको छ । वियोगान्तक प्रेमकथामा आधारित गीतको रचना तथा सङ्गीत जेठा चाम्लिङले गर्नुभएको छ । हसन राईको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन जीवन भट्टराईले गर्नुभएको छ । म्युजिक भिडियोमा निर्देशक भट्टराई, समापिका पौडेलको अभिनय रहेको छ । भिडियोले एक साता नबित्दै करिब एक लाख दर्शकको माया पाएको छ । दुई दशकदेखि सुगम सङ्गीतको क्षेत्रमा क्रियाशील राईको यसअघि पनि दर्जनौँ सिर्जना सार्वजनिक भइसकेको छ ।
चलचित्र ‘जन्ते बाख्रो’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो । प्रदीप भारद्वाजले लेख्नुभएको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नुभएको छ । चलचित्रको निर्माता सन्तोष गौतम हुनुहुन्छ । ग्रामीण परिवेशको कथामा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रमा सौगात मल्ल मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । चलचित्रका अन्य कलाकार छनोटका चरणमा रहेको निर्देशक सुनुवारले जानकारी दिनुभयो ।
बाँकेको कोहलपुर–११ का सन्तोष पौडेलले सात वर्षअघि एक लाखको लगानीमा सुरु गर्नुभएको डेरी उद्योगको लगानी हाल ५० लाख रुपियाँ पुगेको छ । दुग्ध विकास संस्थान कोहलपुरमा प्राविधिकका रूपमा काम गर्दैगर्दा २०७४ सालमा एक लाख रुपियाँको लगानीमा कोहलपुर–१० मा ए वन डेरी सञ्चालन गरेका पौडेलको डेरीको लगानी पुँजी अहिले ५० लाख पुगेको छ ।
दुग्ध विकास संस्थान (डिडिसी) ले बक्यौता रकम भुक्तानी नगरेको भन्दै दुध किसानले आन्दोलन सुरु गरेका छन् । केन्द्रीय दुग्ध सहकारी सङ्घको अगुवाइमा भएको आन्दोलनमा सहभागी किसानले बुधबार बिहानदेखि लैनचौरस्थित डिडिसीको कार्यालय घेराउ गरेका थिए । बिक्री भएको दुधको बक्यौता रकम तत्कालै भुक्तानी हुनुपर्ने माग गर्दै आन्दोलन गर्दा प्रहरीले आन्दोलनकारीलाई पक्राउ गरी केही समय थुनामा राखेको थियो ।
खाद्य तथा कृषि क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । खाद्य प्रणाली रूपान्तरणको खाँचो औँल्याउँदै सरोकारवालाले संयुक्त राष्ट्र सङ्घ, सरकार तथा गैरसरकारी निकाय, सञ्चारकर्मीलगायत सबैले खाद्य स्वच्छता र सुरक्षाका सवालमा गम्भीर भएर लाग्न जोड दिएका हुन् ।
हिमालपारिको जिल्ला मुस्ताङमा हिउँदे बाली थन्क्याउनेतर्फ कृषक सक्रिय हुन थालेका छन् । हिउँदमा लगाइने बाली अहिले थन्क्याउनका लागि उपयुक्त भएकाले कृषक अहिले आफ्नो खेतीपातीमा व्यस्त हुन थालेका हुन् । परम्परागत रूपमा लगाउँदै आएको रैथाने बाली करु (उवा) अहिले पाकेर पहेँलपुर भएकाले यसलाई थन्क्याउन मुस्ताङी जनतालाई भ्याइनभ्याई छ । गुम्बामा हुने पूजाअर्चनामा महत्वका साथ प्रयोग हुने र पौष्टिकताले भरिपूर्ण हुने करुलाई थन्क्याउनका लागि अहिले मुस्ताङीले मेहनत गरिरहेका छन् ।
आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यका साथ ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचनालाई सहयोग पुग्ने गरी आन्तरिक रोजगार प्रवर्धन महाशाखा गठन गरिने जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ देखि प्रधानमन्त्री रोगगार कार्यक्रमको सबै ढाँचा पुनर्संरचना गरेर सञ्चालन गर्नका लागि सो महाशाखा गठन गर्न लागेको हो ।