• १३ असार २०८१, बिहिबार

‘परिवर्तनको झल्को दिने तस्बिर प्रदर्शनी’

blog

तस्बिर:रासस

काठमाडौँ, असार ५ गते । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.चिरञ्जीवी खनालले गणतन्त्रप्राप्तपछि मुलुक विकासको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गर्दै उहाँले देश विकास र परिवर्तनको बाटोमा रहेको सन्देश राससमा प्रदर्शित तस्बिरले चित्रण गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “परिवर्तित नेपालको झलक दिने खालको तस्बिर प्रदर्शनी अवलोकन गर्न पाउँदा खुसी लागेको छ । राससले आगामी दिनमा पनि यस्ता तस्बिरलाई महत्वका साथ सम्प्रेषण गर्नेछ भन्ने विश्वास लिएको छु ।” गणतन्त्र दिवस-२०८१ का अवसर पारेर यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । रासस