• १३ असार २०८१, बिहिबार

दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार ५ गते । झापामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले प्रसारण लाइनमा क्षति पुर्‍याएका कारण र लगातर वर्षासहित हावाहुरीले विद्युत् पोलहरु ढल्दा झापाका केही पालिकाहरुमा विद्युत् सेवा अवरुद्ध बनेको हो । 

नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत भद्रपुर, हल्दिबारी र कचनकवल गरी तीन पालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । 

सोमबार राति चट्याङले अनारमनी सबस्टेशनबाट आउने ३३ केभी प्रसारण लाइनमा क्षति पुर्‍याउँदा विद्युत् सेवा अवरुद्ध बनेको हो । भद्रपुर वितरण केन्द्र प्रमुख राजमणि बजगाईँका अनुसार विद्युत् सेवा सुचारु गर्नका लागि प्राविधिक टिम पुगेका छन् ।