• १२ असार २०८१, बुधबार

संसदमा बजेटमाथिको छलफलको कुनै अर्थ छैन : सांसद सिंह

blog

सांसद डा. अमरेशकुमार सिंह

काठमाडौँ, असार ४ गते । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले सुनुवाइ नगर्ने भएकाले संसदमा सो बजेटमाथिको छलफलको कुनै अर्थ नरहेको उहाँको तर्क थियो । मङ्गलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले संसदमा सांसदहरूले बोलेको कुरा बाटोमा हिँड्ने बटुवाले बोले सरह पनि नहुने गरेको गुनासो गर्नुभयो ।

उहाँले अहिले पनि राणा र पञ्चायत कालको सो अनुसार सरकार चलेकाले गणतन्त्र र पञ्चायतकालमा फरक देख्ने अवस्था नरहेको बताउनुभयो ।

सांसद सिंहले शासकहरूमा पञ्चायतकालकै सोच भएकाले त्यसले संसदीय व्यवस्थालाई पनि नफापेको जिकिर गर्नुभयो ।